Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

फेसबुक खोल्ने बित्तिकै थप्पड हान्न कर्मचारी नियुक्त !

यो भिडियो हेर्नुस,

एजेन्सी । भारतीय–अमेरिकी उद्यमी मनिष सेठीले फेसबुक खोल्दा हरेक पटक उनलाई थप्पड हान्नका लागि एक महिलालाई जागिरमा राखेका छन् ।

लगाउन योग्य उपकरणको ब्रान्ड पावलोकका संस्थापक सेठीले कारा नामकी एक महिलालाई उनको स्क्रिन हेर्न र सोसल मिडिया प्लेटफर्ममा गएको खण्डमा उनलाई थप्पड हान्नका लागि ८ डलर प्रति घण्टाका लागि काममा राखेका हुन् ।

फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्मको लतबाट छुटकारा पाउनका यी युवकले लागि सन् २०१२ देखि नै एक महिलालाई जागिरमा राखेका छन् ।

तर यसको चर्चा आज यसकारण भइरहेको छ किनभने ९ वर्षपछि टेस्लाका सीइओ अर्थात् संसारका सबैभन्दा धनी एलन मस्कले दुईवटा ‘फायर’ इमोजीको प्रयोग गरेर यसमाथि प्रतिक्रिया दिएका छन् ।

सेठीले सन् २०१२ को विज्ञापनमा लेखेका थिए, ‘जब म आफ्नो समय बर्बाद गरिरहेको हुन्छु तब तपाईंले मलाई कराउनुपर्नेछ र आवश्यकता पर्दा मलाई थप्पड पनि हान्नुपर्नेछ ।’

मनिष सेठीले शंका व्यक्त गर्दै मस्कको प्रतिक्रियामाथि प्रतिक्रिया व्यक्त गरे । सेठीले कारालाई थप्पड हानेर उनको काम गर्ने क्षमता बढाउन मद्दत गरेको श्रेय दिएका थिए । उनले भनेका थिए, ‘धेरैजसो समयमा मेरो औसत काम गर्ने क्षमता लगभग ३५–४० प्रतिशत थियो ।

जबदेखि कारा मेरो नजिक बसेकी छिन् मेरो क्षमता बढेर ९८ प्रतिशत भयो ।’यी व्यक्तिले फेसबुक खोल्ने बित्तिकै उनलाई ती महिलाले थप्पड हान्छिन् । यो खबर साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!