Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लैं’गि’क जाँचको माग!

भिडियो हेर्नुस,

इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लैंगि’क जाँच गर्न माग गरिएको छ।

इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लैं’गिक जाँचको माग गरेको हो।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन्।

जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) सँग उनको लैं’गि’क अवस्था पुष्टि गर्न माग गरेका हुन्।

जोर्डनले यस्तो माग गरेपछि एसियाली फुटबल महासंघका एक प्रवक्ताले यस विषयमा जाँच चलिरहेको बताएका छन्।फिफाका पूर्व उपाध्यक्षसमेत रहेका प्रिन्स अलीले यदि जोर्डनको आ”रोप सत्य भए निकै गम्भीर मु’ भएको प्रतिक्रिया दिएका छन्।

यसैबीच इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि बिभिन्न बहाना खोजिरहेको आरो’प लगाएका छन्।

यसअघि पनि २००८ र २०१० मा जोहरेहले एसिया कप छनोटमा आफ्नो देशको प्रतिनिधित्व गरेको भन्दै उनले हरेक पटक मेडिकल जाँच हुने र एसियाली फुटबल महासंघलाई सबै दस्तावेज उपलब्ध गराइएको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!