Thursday, May 19www.babalkhabar.com : For your kind information
Shadow

एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दिपुर गाउँ

पुरा खबर,

तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घट नाले गाउँ शो कमा डु बेको छ ।

साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दु र्घटनामा छ जनाको मृ त्यु भएपछि बन्दीपुर शो कमा डु बेको हो ।

माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दु र्घटनाले सबैलाई दु खित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । ‘चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्या क भएर ख सेको थियो । जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घ टना भएको उहाँले बताउनुभयो । ‘चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ’, उहाँले भन्नुभयो ।

दुर्घ टनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धा रमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दिपुर र आस पासबाट आठ वटा एम्बुलेन्स उद्धा रका लागि पठाइएको थियो ।

घाइतेको उप चारका लागि बन्दिपुरमा रहेका सबै चिकि त्सकलाई परि चालन गरिएको थियो । ‘घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्प ताल पठाएका छौँ’, अध्यक्ष थापाले भन्नुभयो ।

बन्दिपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताउनुभयो । उहाँका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमा छोराको पनि दुर्घ टनामा मृ त्यु भएको छ । चार जनाकोव घट नास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृ त्यु भयो’, उहाँले भन्नुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरु ङको मृ त्यु भएको छ ।

दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!