भिडियो हेर्नुस,
लोक संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ ।
सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै क्रममा लोकप्रिय गायक पुष्कल शर्माले आफ्नो श्रीमतीलाई कलाकारितामा प्रवेश गराएका छन।केहि समय अगाडी सुटुक्क बिहे गरेका शर्माले आफ्नो श्रीमतीलाई भिडियोमा अभिनयको रुपबाट प्रवेश गराएका हुन्। सबि शर्मा उनको श्रीमती हुन् भन्ने कमैलाइ थाह छ तर यो बेलामा पुष्कल शर्माले पनि यो कुरालाई बाहिर ल्याएका भने छैनन्। बिशेष श्रोतबाट हामीले उक्त जानकारी पाएका हौ।
पुश्कल शर्मा शान्ति श्री परियारको आवाजमा नयाँ गित “तिम्रो थर मेरो थर एउटै बनाम घर” बोलको गीत बजारमा आएको छ। गीतमा पुश्कल शर्माको लय शब्द रहेको छ । गीतको शब्द चयनमा रस संगै लयमा माधुरियता गीतमा देखिएछ। गीतलाइ दर्शक श्रोताले मन पराउदै गएको आकलन गरिएको छ।
भिडियो तर्फ, पुस्कल शर्मा सबि शर्माको मनमोहक अभिनय रहेको भिडियोलाइ कथा/निर्देशन पुश्कल शर्माको रहेको छ।भिडियोलाइ दिपक विष्टले सम्पादन/कलर गरेका हुन्।गीतको भिडियो पुश्कल शर्माको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो। यो खबर नाैलो धुनबाट साभार गरियको हो । भिडियो हेर्नुस,