Thursday, May 19www.babalkhabar.com : For your kind information
Shadow

पिन्सा राई बच्चा बोकेर काठमाडौका रोडमा भिख माग्दै

भिडियो हेर्नुस,

काठमाडौ :- पिन्सा राइ नेपालकी सफल मोडल हुन् ।उनले २०७१ साल देखि व्यवसाय गर्न थालेकी हुन् ।

व्यवसाय अगाडि बढाउदै २०७२ साल देखि व्यवसायसँगै मोडलिङ क्षेत्रमापनि सक्रिय बनिन् । उनी २०७३ सालकी मिस मेकअप हुन् ।विभिन्न प्रतिस्पर्धामा भाग लिँदै मोडलिङ क्षेत्रमा अब्बल बनिरहेकी पिन्साले एक टीम बनाएर विभिन्न इभेन्टहरु समेत आयोजना गर्दै आएकी छिन् ।

२०७५ सालमा उनी सहितको टीमले मिष्टर एण्ड मिस पूर्वको प्रतियोगिता आयोजना गरेको थियो ।पिन्सा व्यवसायसँगै, मोटिभेशन, अभिनय, व्यूटी पार्लर जस्ता अनेकौ तालिमहरु दिँदै आएकी छिन् । उनी राम्रो ट्रेनरको रुपमा स्थापित हुँदै आएकी छिन् । उनले केही म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् ।

उनले छोटा तथा लामा चलचित्रहरुको लेखनमा समेत अघि बढाएकी छिन् । चलचित्रको कथा लेख्नुका साथै निर्देशनमा समेत आफूलाई अब्बल रुपमा उभ्याउने उनको प्रयास छ । उनी कथा, कबिताहरु समेत लेख्छिन् ।उनले एउटा (काया) शीर्षक को सिरियलको कथावस्तु आफैले लेखेकी छिन् । निक्कै मेहेनतका साथ आफै कथा लेखेर आफै निर्देशन तथा अभिनय गरेर उनले कलाकारिता क्षेत्रमा आफूलाई योग्य रहेको सावित गरिसकेकी छिन् ।

हो यही सिरियलको कथावस्तुमा उनी भिखारीको रुपमा प्रस्तुत भएकी छिन् । यहाँ प्रस्तुत गरिएको तस्विर काया सिरियल को हो । यो सिरियलमा मुख्य भुमिका नै पिन्साको छ ।यो सिरियलको भिडियोहरु pinsa Rai youtube channel मा गएर हेर्न सक्नुहुनेछ । उनको अभिनय निक्कै मार्मिक छ । यो खबर बुटवल दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!