Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

आज बुद्द जयन्ती , आजको शुभ दिनमा जसरी पनि पढ्नुस भगवान बुद्दका उपदेशहरु

२५६४ ओैं बुद्ध जयन्तीको शुभकामना गौतम बुद्धको पन्ध्र माननिय उपदेशहरू


१. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।


२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।


३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।


४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।


५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।


६. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।


७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।


८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।


९.आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।


१०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।


११. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।


१२. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत
नियम हो ।


१३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध
हो ।


१४. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।


१५. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

बुद्ध जयन्तीको सबैमा शुभकामना


(यी उपदेशहरूलाई सक्दो शेेेयर गरी बुद्धको ज्ञानलाई फैलाऔ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!