Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

फेरि २ मा देखीयो कोरोना संक्रमण , नेपालमा पुगे ५१

काठमान्डौ : वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।गत चैत ३० गते वीरगन्जको छपकैया स्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो।

ती तीनजना कोरोना संक्रमित भारतीय नागरिक भने हिजै निको भएकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।आज थपिएका दुबै संक्रमित पुरुष हुन्। उनीहरू एकजना मस्जिदका मलोना (पुजारी) हुन् भने एकजना महानगरका सफाई गर्ने नाइके दुबै ५० बर्षीय पुरूष रहेकाे बताइएकाे छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्की सकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!