Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

Month: February 2021

म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

समाचार
१६ फागुन, काठमाडौं । म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको थियो । गत फेबु्रअरी १ मा सेनाले शासन हातमा लिएपछि गत एक हप्तादेखि प्रदर्शन हुँदै आएको थियो । तर शनिबारदेखि प्रहरीले बल प्रयोग गर्न थालेको छ । सामाजिक सञ्जालमा आएका भिडियोमा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरु भागेको दृश्य देखिन्छ । आइतबार यंगुन, मन्डाले र अन्य शहरमा सुरक्षाकर्मीको गोलीका बाबजुद ठूलो संख्यामा प्रदर्शनकारी सडकमा निस्किएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली, अश्रुग्यास र गोली नै चलाएको अन्तर्राष
नेपाल  दक्षिण एसियाको दोस्रो शान्त मुलुक

नेपाल दक्षिण एसियाको दोस्रो शान्त मुलुक

समाचार
१६ फागुन, काठमाडौं । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियाली सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको देखाएको हो । अध्ययनमा माल्दिभ्सको बारेमा भने कुनै उल्लेख गरिएको छैन । ग्लोवल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान हो । सो संस्थाको विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ । सन् २०१९ मा नेपाल ७६ औं स्थानमा थियो । दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन । समग्रमा सन् २०२० मा दक्षिण एसियामा शान्तिको वातावरणमा केही खल्बलिएको सो अध्ययनले उल्लेख गरेको छ ।
योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ ।

योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ ।

समाचार
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको छ । हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको छ’, प्रहरी उपरीक्षक (एसपी) शाहले अनलाइनखबरसँग भने ।
सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ ।

सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ ।

समाचार
babalkhabara / १६ फागुन, काठमाडौं । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ‘२.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याएका छौं’, दाङका डीएसपी मुकुन्द रिजालले अनलाइनखबरसँग भने, ‘हाल उहाँलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ ।’ इप्रका, तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् । थप अनु
भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताए

भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताए

समाचार
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको बताए । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्वीप मान्नु नपर्ने पनि रावलले बताए । त्यसरी निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको उनको भनाइ छ । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उनले बताए । पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वत: आधिकारिक पार्टी रहेको उनको भनाइ छ । निर्वाचन आयोगले निर्देशन गरे नागर
माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् ।

माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् ।

समाचार
babalkhabara / काठमाडौँ — नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित नेकपा दाहाल–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताएका छन् । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहनु भएको तर आफुले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस् भनेको नेता नेपालले बताए । उनले भने,‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भंग गरिदिनुभयो । किन भंग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । यो प्रधानमन्त्री हटाउने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्
प्रचण्डले सर्वोच्च अदालतमा यस्तो लिखित जवाफ पेश गरे(पुर्णपाठ सहित )

प्रचण्डले सर्वोच्च अदालतमा यस्तो लिखित जवाफ पेश गरे(पुर्णपाठ सहित )

समाचार
काठमाडाैँ, १६ फागुन । अदालतको अवहेलनासम्बन्धी रिट उपर सर्वोच्चद्वारा जारी निर्देशन पालना गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । अध्यक्ष प्रचण्ड आइतबार सर्वोच्चमा पुगेर लिखित जवाफ पेश गर्नुभएको हो । प्रचण्डले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको लिखित जवाफ बुझाउनुभएको हो । उहाँको जवाफमा जुलुस, नारा र भाषणले स्वतन्त्र र सुक्ष्म न्यायपालिका (अदालत)लाई प्रभाव पर्ने र पार्ने कुरा हुन नसक्ने उल्लेख गरिएको छ । अहिले आफू एउटा दलको नेता र सामान्य नागरिक मात्रै रहेकाले उक्त भनाइ अदालतको मानहानी हुन नसक्ने जिकिर प्रचण्डको छ । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो । सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश ग
प्रधानमन्त्री ओली आइतबार झापा गएर तीन दर्जन पुल शिलान्यास र उद्घाटन गर्न

प्रधानमन्त्री ओली आइतबार झापा गएर तीन दर्जन पुल शिलान्यास र उद्घाटन गर्न

समाचार
बिर्तामोड — प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा आउँदै छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि ओली गृहजिल्ला आउन लागेका हुन् । प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे भद्रपुर विमानस्थलबाट सिधै कमल गाउँपालिकाको तोपगाछी पुग्नेछन् । त्यहाँ ११:४५ बजे कमल खोलामा पुलको उद्घाटन गर्नेछन् । दोस्रो कार्यक्रम १२:४५ बजे दमक नगरपालिका १० बाट मोरङको आमबारी जोड्ने मावा–बेतनी खोलाको पुलको उद्घाटन गर्नेछन् । दिउसो १:१५ बजे दमक १० को सेतुमारीबाट गौरादह नगरपालिका जोड्ने रतुवा नदीमा निर्माण भएको पुलको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै दिउँसो साढे १ बजे कमल गाउँपालिका–७ झर्काहामा ‘चीन–नेपालमैत्री औद्योगिक पार्क’ को शिलान्यास गर्ने कार्यक्रम रहेको थापाले बताए । उनका अनुसार त्यसपछि दमक नगरपालिका–१ बाट इलामको चुलाचुली जो
मलेसियाको टप ग्लोभमा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा निधन

मलेसियाको टप ग्लोभमा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा निधन

समाचार
मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज क्षयरोगका कारण सुतेकै अवस्था मृ त्यु भएको छ । टप ग्लोभमै कार्यरत एक नेपालीले नाम नखुलाउने सर्तमा नेपाली मजदुर एकता समाज मलेसियालाई उक्त घटनाबारे जानकारी गराएको मजदुर समाजले जानकारी गराएको छ । मृ तकको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको र आज र भोलि मलेसियास्थित नेपाली राजदुतावास समेत बन्द रहने भएको कारण यो बारेमा दूतावासलाई पनि आधिकारिक रूपमा जानकारी गराउन नसकिएको मजदुर समाज मलेसियाका अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी गराएका छन् ।-डिसी नेपाल यो पनि , रेल सञ्चालन झनै अनिश्चित पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अ
प्रचण्ड अवहेलना मुद्दामा जवाफ दिन आज सर्वोच्च अदालत जाँदै

प्रचण्ड अवहेलना मुद्दामा जवाफ दिन आज सर्वोच्च अदालत जाँदै

समाचार
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आज सर्वोच्च अदालत जाँदै छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो । सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्डले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् । उनी केहीबेरमा सर्वोच्च पुग्दैछन् । काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
error: Content is protected !!