
उर्लाबारी कान्डमा आफ्नो दाजुको न्यायमा लडिरहेकि दुर्गा श्री एअरलाइन्सकी पाइलट(भिडियो सहित )
पथरी। मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणको मिसिलमा अर्कै व्यक्तिको तस्बिर संलग्न गराइएपछि घटनाले नयाँ रूप धारण गरेको छ ।
मृतकका परिवारले आरोपीलाई उन्मुक्ति दिनका लागि प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लगाएका छन् । मिसिलमा अर्कै व्यक्तिको तस्बिर टाँसिएको जानकारी पाएलगत्तै आफन्त तथा स्थानीय छिमेकीले उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयअगाडि आइतबार र सोमबार प्रदर्शन गरे ।
श ङ्कास्पद मृत्यु भएका प्रवीण बास्तोलाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले मिसिल फाइलमा २ महिनापछि असम्बन्धित व्यक्तिको तस्बिर रहेको आफन्तले फेला पारेपछि प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले इन्स्पेक्टर उद्धव पोख्रेलको नेतृत्वमा अनुसन्धान गर्दै आएको २ महिनापछि आफन्तले मिसिल फाइल हेर्न माग्दा अर्कै व्यक्तिको फोटो रहेको पाइएपछि