Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: February 26, 2021

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटियो।

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटियो।

समाचार
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ। बर्डफ्लू देखिएपछि  तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागका  प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए। उनले भने ‘हिजो बर्ड फ्लू देखिएको हो।  विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेकाे छ। अबको केही घण्टामा हामी सबै जानकारी सार्वजनिक गछौं।’ यस अघि पनि तारकेश्वर नगरपालिका र सुर्खेतमा बर्डफ्लूको सङ्क्रमण देखिएको थियो।
मेलम्चीकाे पानी १५ दिनमा आइपुग्ने ,३ किलाेमिटर दुरी पार गर्यो

मेलम्चीकाे पानी १५ दिनमा आइपुग्ने ,३ किलाेमिटर दुरी पार गर्यो

समाचार
babalkhabara / काठमाडौँ, १४ फागुन। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिनुभयो । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हाले
ओलीका अबको दुई रणनीति यस्ता छन्। प्रचण्ड – नेपाल  समुह जिल्ल

ओलीका अबको दुई रणनीति यस्ता छन्। प्रचण्ड – नेपाल समुह जिल्ल

समाचार
काठमाडौँ — तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, ‘म ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसद्बाट फेरि सरकार बन्ने अवस्था रहँदैन ।’ ओलीका निकटस्थका अनुसार उनको पहिलो रणनीति आफूले गरेको त्यही तर्कलाई पुष्टि गर्नु नै हो । त्यसैले उनले केन्द्रीय कमिटीमा स्पष्टै अल्पमत रहँदा र संसदीय दलमा बहुमत नहुँदासमेत अध्यादेशमार्फत नयाँ पार्टी खोलेर सुरक्षित हुने उपायबारे सोचिसकेका छैनन् । बरु आफूविरुद्धको अविश्वास प्रस्ताव पारित भए पनि कांग्रेससित सहमति गरेर अर्को सरकार बन्ने अवस्था आउन नदिने र चुनाव गराउने बाटोमा उनी लाग्ने देखिएको छ । ‘पहिलो प्राथमिकता अविश्वास प्रस्ताव फेल गराउने नै हुनेछ,’ ओली निकटस्थ एक स्
error: Content is protected !!