Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

Day: February 27, 2021

संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको : मन्त्री ज्ञवाली

संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको : मन्त्री ज्ञवाली

समाचार
१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उने भने, ‘कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’ पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको उनले बताए । गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको मन्त्री ज्ञवालीले बताए ।
प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् ।

प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् ।

समाचार
काठमाडौं । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् । प्राइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए । दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’ भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे । भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको
ओलीसँग सयभन्दा बढी सांसद छन् आवश्यक परे निकाल्छौ : प्रमुख सचेतक भट्टराई

ओलीसँग सयभन्दा बढी सांसद छन् आवश्यक परे निकाल्छौ : प्रमुख सचेतक भट्टराई

समाचार
१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनको भनाइ छ । शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा भट्टराईले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं ।’ संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उनले सुनाए । फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिए । प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उनले चेताव
अविश्वास प्रस्तावको हरिबिजोग भयो : सुवास नेम्वाङको

अविश्वास प्रस्तावको हरिबिजोग भयो : सुवास नेम्वाङको

समाचार
१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताएका छन् । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उनको दाबी छ । ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्को राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताए । संसद विघटन भएको दिनमा अविश्वासको प्रस्ताव लगेको सुनेको भन्दै उनले भने, ‘मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव पनि बाँच्यो होला नि भन्दा साथीहरु चुइँ बोल्नुहुन्न ।’ किन नबोलेको भन्दा एउटा त अविश्वासको प्रस्तावको सदस्य संख्या ठीक होइन । अरु बेलाका लागि भनेर गरिएको हस्ताक्षर प्रयोग भयो भनेर प्रश्न उठकै हो’ उनले भने, ‘अर्कोतिर उहाँ कुद्दै कहाँ जानुभयो रे ! त्यो ठाउँबाट तिमीहरुको आन्तरिक मामि
माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताए

माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताए

समाचार
१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् ।’ ‘केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन’ उनले अघि भने, ‘बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् र मुर्ख बनाएर पठाइयो भन्छन् । तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस् ।’ बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री ओली सुध्रिनु एउटै भएको उनको टिप्पणी छ । स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति बामदेव गौतम नै अहिले उनलाई सुधार्ने कोशिशमा लागेको भन्दै
भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्मै उत्कृष्ट काम गरेर देखाउछु : प्रमुख आयुक्त राई

भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्मै उत्कृष्ट काम गरेर देखाउछु : प्रमुख आयुक्त राई

समाचार
१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । नागरिक समाज र जनताले भ्रष्ट्राचारलाई नियन्त्रण गर्नुपर्‍याे भनिरहेका छन् । यहाँ धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाज उठाइराख्नु भएको छ,’ उनले भने, ‘त्यो आवाजलाई मेरो कार्यकालमा विगतमाभन्दा प्रभावकारी ढंगले लैजाने प्रतिबद्धता व्यक्त गर्न
प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट वर्गको नभएको आरोप लगाएका छन् ।

प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट वर्गको नभएको आरोप लगाएका छन् ।

समाचार
काठमाडौं, १५ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट वर्गको नभएको आरोप लगाएका छन् । शनिबार नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै ओली कम्युनिष्ट वर्ग नभएको र हिजो कम्युनिष्ट आन्दोलनले जसका विरुद्ध सर्घष गर्‍यो त्यही वर्गको पक्षपोषण गर्न थालेको उनले आरोप लगाए । उनले भने, ‘बैठकमा बस्नु पनि नपर्ने। अरुका कुरा सुन्न पनि नपर्ने। आलोचना पनि गर्न नहुने । यो त हिजोका महाराजधिराजको चरित्र हो। त्यसैले ओली अहिले कम्युनष्टि वर्गका होइनन् ।’ प्रधानमन्त्री ओलीले आफूलाई महाराजा ठानेको आरोप लगाएका अध्यक्ष प्रचण्डले लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज नै भएको ठानेर आलोचना पनि सहने र अरुको कुरै नसुन्ने प्रवृत्ति देखिएको भन्दै उनले टिप्पणी गरे। कम्युनिष्ट आन्दोलनलाई कालो पोत्ने वा धब्बा लगाउने
विचार मिले फेरि पार्टी एकता हुन्छ : प्रचण्ड

विचार मिले फेरि पार्टी एकता हुन्छ : प्रचण्ड

समाचार
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिले नेकपा एकता हुने बताएका छन्। ललितपुरको जावलाखेलमा आफ्नो समूहका शिक्षकहरूको भेलामा बोल्दै उनले एकता हुनको लागि शान्तिपूर्ण ढङ्‍गले निर्वाचनको माध्यमबाट बहुदलीय प्रतिस्पर्धा हुँदै समाजवादतिर जाने, विधि विधान मान्‍ने, जनवादी केन्द्रीयता अंगिकार गर्ने, बहुमतको निर्णय मान्‍ने र व्यक्ति संगठनको मातहतमा हुने भन्‍ने विचार मिले एकता हुने बताए। पहिले यही विचारमा सहमत भएकै कारण एकता सम्भव भएको उनको भनाइ छ। त्यसबेला अनुहार हेरेर पार्टी एकता नभएको उनले बताए। “विचार मिलेको हुनाले एकता भएको हो र अनुहार हेरेर भएको चाहिँ होइन,” प्रचण्डले भने, “त्यसमा विचार नमिलेको भए एकता गरूँ भनेको भए पनि एकता हुँदैनथ्यो।” पार्टी एकताका क्रममा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन र हालको परिवर्तन ल्याउन तत्कालीन एमा
आजैका दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएका थिए।

आजैका दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएका थिए।

समाचार
काठमाडौं : फागुन १५ गते अर्थात् आजैका दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएका थिए। यो दिनलाई स्मरण गर्दै आज अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी उनको योगदानको स्मरण गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ट्वीटमार्फत दिवंगत अधिकारीसहितका व्यक्तिप्रति आज दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेको छ। क्यानका महानिर्देशक राजन पोखरेलले ट्वीट पोष्ट गर्दै हेलिकप्टर दुर्घटनामा पर्ने तत्कालीन मन्त्री अधिकारीसहित अन्य विशिष्ट व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गरेका हुन्। वि.स २०७५ फागुन १५ गते ताप्लेजुङको फुङ्लिङस्थित सिस्नेभिरमा घटेको हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् ।

समाचार
१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका खेलेका थिए । सकुनीलाई छलकपट र अन्यायका प्रतीकका रुपमा चिनिन्छ । विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले पूर्वसहकर्मी एवं प्रधानमन्त्री ओलीलाई सकुनीसँग तुलना गरे ।
error: Content is protected !!