Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Month: March 2021

वनमन्त्री प्रेम आले एक सिंगे गैंडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्ज पुगे

वनमन्त्री प्रेम आले एक सिंगे गैंडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्ज पुगे

समाचार
वनमन्त्री प्रेम आले एक सिंगे गैंडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको छ । सोमबारबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागगले दुर्लभ वन्यजन्तु एक सिंगे गैँडा गणना गर्ने कार्य शुभारम्भ गरेको छ । साेही कार्यकाे शुभारम्भका लागि मन्त्री आले हात्तीको बथानसँगै हात्तीमा सवार भइ चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको हो । उहाँसँगै ४० मुख्य गणक र अन्य बैकल्पिक २० गणकका साथै ४० वटा हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा गणना कार्य सकिएपछि चैत १७ गतेबाट बर्दिया राष्ट्रिय निकुञ्जमा एक सिंगे गैडाको थालिने बन्यजन्तु संरक्षण विभागले जनाएको छ । त्यसपश्चाल चैत १९ गतेबाट शुक्लाफाँटमा गणना शुरु गर्ने विभागले जनाएको छ । आजको गणना भने चितवन राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट आरम्भ गरिएको विभागले जनाएको छ । प्राविधिकहरुको टोलीसहित बन्दोबस्
भीम रावल भन्छन् अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ

भीम रावल भन्छन् अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ

समाचार
१० चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’ पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उनले बताए । ‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ पार्टी अध्यक्ष ओलीतर्फ संकेत गर्दै रावलले भने । अब नेपाली
नेपालको भूमि मिँचिदा राष्ट्रवादी सरकार खै ?’

नेपालको भूमि मिँचिदा राष्ट्रवादी सरकार खै ?’

समाचार
१० चैत, काठमाडौं । भारतले नेपालसँगको सीमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्ध निर्माणमा नेपाल सरकारले मौन सहमति गरेको भन्दै कांग्रेसले प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर भएर रहेको बताए । दार्चुलाको सदरमुकाम स्थित महाकाली नगरपालिका वडा नम्बर ५ को पारीपट्टी भारत सरकारले तीन महिना यता नेपाल सरकारको कुनै सहमति र जानकारी बिना एकतर्फी रुपमा नेपालको समेत जमिन समेटेर तटबन्ध बनाइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘सिडिओले पारीपट्टी पत्राचार गर्दा सुनुवाई भएन । त्यहाँको जनता, पार्टीका नेता कार्यक्रताले पटक पटक गृहमन्त्रालयमा ताकेता गरिरहेका छन् । तर, नेपाल सरकार सुतिरहेको छ बेखबर छ र मौन सहमति गरिरहेको छ यो निर्माणका क्रममा’ सांसद बडूले भने
भागरथी हत्या प्रकरणमा दिनेश भट्टले आफ्नो बयान फेरेको दिनेशका बुवा दिपक भट्टले बताए

भागरथी हत्या प्रकरणमा दिनेश भट्टले आफ्नो बयान फेरेको दिनेशका बुवा दिपक भट्टले बताए

समाचार
कञ्चनपुर, ८ चैत । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षिया भागरथी हत्या प्रकरणमा दिनेश भट्टले आफ्नो बयान फेरेको दिनेशका बुवा दिपक भट्टले बताएका छन् । आइतबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलमा अभियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भागरथी हत्या प्रकरणमा दिनेश अपराधी नभएको भन्दै बयान फेरेको बताएका हुन् । दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साबिती बयान दिन लगाएको उनका बुवा दीपकराज भट्टले बताए । दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन् । उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ । दिनेशका बुवा दीपकराज आफू विद्यालयबाट घर फर्किंदा भागरथीका हत्यारा देखेको र उनले आफ्नो घाँटीमा चक्कु राखेर घटनाबारे बाहिर भन्यौँ भने तिमी, तिम्रो बुवा र भाइलाई मार्छौं भन्दै धम्की दिएपछि मैले अपराध
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल आइतबार त्रिभुवन विमानस्थलको अनुगमनमा पुगे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल आइतबार त्रिभुवन विमानस्थलको अनुगमनमा पुगे

समाचार
८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल आइतबार त्रिभुवन विमानस्थलको अनुगमनमा पुगेका छन् । विमानस्थलमा अहिले विभिन्न भौतिक पूर्वाधार निर्माणको काम जारी छ । त्यसक्रममा यात्रुले निर्माणको काम गर्दा व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो गरेका थिए । मन्त्री ढकालले यस्तो काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले यात्रु कम भएको समयको मौका छोपी विमानस्थलमा पूर्वाधार निर्माण तथा मर्मतको काम भइरहेको छ । ‘सोहीबारे गुनासो आएपछि आज मन्त्रीज्यूसँगै हामीले फिल्ड अनुमगन गरेका छौं,’ उनले भने, ‘काम गर्दा यात्रुको सुविधालाई ध्यानमा राख्न आग्रह गरेका छौं ।’ मन्त्री ढकालको सचिवालयका अनुसार मन्त्रीले यस क्रममा देखिएका कमिकमजोरी सुधार गर्न निर्देशन दिँदै ७ दिनपछि आफू प
वि.सं. २०७७ चैत्र ०८ गते आइतवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

वि.सं. २०७७ चैत्र ०८ गते आइतवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

समाचार
आजको पञ्चाङ्ग,  वि.सं. २०७७ चैत्र ०८ गते आइतवार तदनुसार ई. सं. २०२१ मार्च २१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०६:१५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०६:२० बजे, फाल्गुन शुक्लपक्षको अष्टमी तिथि, मध्यरात्रीपछि ०५:०३ बजेसम्म, त्यसपछि नवमी तिथि, मृगशिरा नक्षत्र, दिउँसो ०४:०९ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, बिहान ०९:५७ बजेसम्म, त्यसपछि सौभाग्य योग, विष्टि (भद्रा) करण, दिउँसो ०४:२४ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वार
नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ ।

नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ ।

समाचार
काठमाडौं, ७ चैत । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो । शुक्रबार जारी भएको उक्त प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । त्यस्तैगरी दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड रहेको छ । फिनल्याण्ड यो सँगै चौँथो पटक लगातार खुशी राष्ट्रको पहिलो नम्बरमा परेको हो । यस अघिपनि ३ पटक लगातार ऊ तेस्रो पटक खुशी राष्ट्रको पहिलो स्थानमा परेको थियो । यता दक्षिण एशियामा भने सबैभन्दा कम खुशी हुने मुलुक अफगानस्थान परेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधारमा प्रतिवेदन निकालिएको हो । यो प्रतिवेदन झण्डै एक दशक अघिदेखि निकालिदै आएको छ । सबै
केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ ?’

केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ ?’

समाचार
७ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग एकताको हात बढाउन तयार रहेको बताएका छन् । तर अवैधानिक रुपमा भएका निर्णयहरु मानेर लुरुलुरु बालुवाटार नजाने उनले बताए । शनिबार काठमाडौंमा नेपाल समूहसम्वद्ध युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग सँगै जाने पक्षमा रहेको बताए । केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ ?’ आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा रहेका नेता नेपालले बताए । ‘अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं,’ उनले भने, ‘त्यसका निम्ति २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् ।’ तर अध्यक्ष ओली २८ फागुनमा गरेको ‘अवैधानिक’ न
प्रचण्डलाई धेरै सम्झाउन खोजें, तर मानेनन् : वामदेव

प्रचण्डलाई धेरै सम्झाउन खोजें, तर मानेनन् : वामदेव

समाचार
babalkhabar / ७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला आउनु ऐतिहासिक भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै गौतमले ऋषिराम कट्टेलको माग दाबी मात्रै फैसला भएको भए नेकपा न विभाजन न एकताको अवस्थामा रहने बताए । ‘सर्वोच्चले ऋषिराम कट्टेलको मागलाई मात्रै सम्बोधन गरेर नाम मात्रै फेरेको भए नेकपा न एकता, न विभाजन हुन्थ्यो,’ गौतमले भने । तर, अदालतको फैसलाले एमाले र माओवादी ब्युँताइदिएर ऐतिहासिक फैसला गरेको उनले बताए । गौतमले अदालतको २३ फागुनको फैसलालाई खुसी भएर स्वागत गरेको बताए । गौतमले सम्बोधनका क्रममा ४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता पनि सम्झिएँ । ‘पुस ४ गते प्रधानमन्त्री र प्रचण्डको वार्तामा साक्षी थिएँ । त्यो बेला प्रधानमन्त्रीले दुईवटा प्रस्ताव गर्नुभयो । १९ बुँद
कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कम्बोडिया जस्तो बनाउन थालेको आरोप लगाए

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कम्बोडिया जस्तो बनाउन थालेको आरोप लगाए

समाचार
वीरेन्द्रनगर, सुर्खेत — कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कम्बोडिया जस्तो बनाउन थालेको आरोप लगाएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित नेपाल राष्ट्रिय मगर संघको कर्णाली प्रदेशस्तरीय भेलामा उनले ओलीले संविधानजस्तै देशलाई पनि धुजाधुजा बनाउन लागेको बताए । निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको आयोग हो,’ उनले भने, ‘दुवै आयोग दायाँ र बायाँ खल्तीमा चेपेका ओलीको दुवै खल्तीमा भ्वाङ परिसक्यो ।’ ओलीकरणबाट देशलाई कांग्रेसले मात्र बचाउन सक्ने उनको भनाइ थियो । दुई पाइलटले चलाएको जेट विमान दुर्घटना हुँदा कोही सिंहदरबारमा त कोही सडकमा पछारिएको उनको भनाइ छ । नेकपाका नेताहरुको पदलोलुपताको कारण देश नै दुर्घटनामा पर्न लागेको उनले खतरा औंल्याए ।
error: Content is protected !!