Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

Day: March 2, 2021

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भन्दै आफूलाई एक अर्बको प्रस्ताव आएको तर त्यसलाई इन्कार गरेको बताए

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भन्दै आफूलाई एक अर्बको प्रस्ताव आएको तर त्यसलाई इन्कार गरेको बताए

समाचार
काठमाडौं, १८ फागुन । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भन्दै आफूलाई एक अर्बको प्रस्ताव आएको तर त्यसलाई इन्कार गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन महासंघ नेपालको आठौं राष्ट्रिय परिषदको उद्घाटन गर्दै मन्त्री आलेले कार्यक्रमलाई खारेज नगर्न भन्दै एक अर्बको आर्थिक प्रलोभन देखाइएको सुनाउनु भयो । काठ व्यवसायी, वनका बद्मासी गर्ने कर्मचारी मार्फत नै एक अर्बको प्रलोभन आएको उहाँले जिकीर गर्नुभयो । मन्त्री आलेले ती प्रलोधन देखाउने कर्मचारीहरुलाई मन्त्रालयमा आउन नदिई भेट नगरेको दावी गर्नुभयो । उहाँल भन्नुभयो, ‘मैले मन्त्रालय सम्हाले देखि नै काठ व्यवसायीदेखि, वनका केहि बद्मास कर्मचारीले मलाई भेट्ने गरेका थिए, मैले कसैलाई भेटिन।’ उहाँले भन्नुभयो, ‘पछि उनीहरुले एक अर्ब उठाएर दिन्छौँ भने तर मैले आफ्नो मुखमा आँफै कालो मोसो
गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिए

गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिए

समाचार
१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए । ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’ उनले भने, ‘यस्तो लुते प्रधानमन्त्री चाहिएन ।’ बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए । ‘वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा छैन’ थापाले भने, ‘केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्छ ।’ ‘देशलाई बन्धक बनाउने प्रयासमा निर्वाचन आयोग लाग्नुहुँदैन’ नेता थापाले प्रधानमन्त्री ओलीले अहिले पनि देशलाई बन्ध
जसपा र कांग्रेस मिल्दा समेत पनि केपी ओलीलाई हटाउन सकिँदैन : राजेन्द्र महतो

जसपा र कांग्रेस मिल्दा समेत पनि केपी ओलीलाई हटाउन सकिँदैन : राजेन्द्र महतो

समाचार
कैलाली, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ । File Photo महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, महतोले भन्नुभयो । आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताउदै उहाँले भन्नुभयो ‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हो ।’ साथै उहाले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेको आरोपसमेत लगाउनुभयो । ‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, कि दलको नेताबाट हटाउन सक्नुपर्‍यो नभए पार्टी फोरेर हटाउनुपर्‍यो’, महतोले भन्नुभयो ।
गोविन्द केसीलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले देशमा मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस कसैको इशारामा अनशन बसेको आरोप लगाउनुभएको हो ।

गोविन्द केसीलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले देशमा मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस कसैको इशारामा अनशन बसेको आरोप लगाउनुभएको हो ।

समाचार
काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने गरेको भन्दै आलोचना गर्नुभएको छ । डा. गोविन्द केसीलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले देशमा मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस कसैको इशारामा अनशन बसेको आरोप लगाउनुभएको हो । मंगलवार झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डा। केसीको आलोचना गर्नुभएको हो । उहाँले भन्नुभयो, “आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं । नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ ।” मापदण्ड नपुगेको भन्दै लामो समयदेखि सम्बन्धन दिने प्रस्तावको विरोध हुँदै आएको दुर्गा प्रसाई‌को बीएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताललाई प्रधानमन्त्री स्वयंले सम्बन्धन दिने दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी

समाचार
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए । फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।

प्रधानमन्त्री ओली आज  फेरि झापा र मोरङ जाँदै

प्रधानमन्त्री ओली आज  फेरि झापा र मोरङ जाँदै

समाचार
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए । आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । झापापछि उनी मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने गरेका ओलीको अहिले देश दौडाहा बढेको छ । उदघाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।
प्रधानमन्त्री ओलिले आफ्नो समूहबाहेकका केन्द्रीय सदस्यहरूलाई कुनै पनि बेला हटाउन सक्ने चेतावनी

प्रधानमन्त्री ओलिले आफ्नो समूहबाहेकका केन्द्रीय सदस्यहरूलाई कुनै पनि बेला हटाउन सक्ने चेतावनी

समाचार
पोखरा, १८ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहबाहेकका केन्द्रीय सदस्यहरूलाई कुनै पनि बेला हटाउन सक्ने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफू पक्षीय समूहको गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रमुख सचेतक देव गुरुङलाई पहिले आफैंले राखेर पछि हटाएको उदाहरण दिए। ‘जुन हातले नाम लेख्यो, त्यही हातले नाम काट्न सक्छ। नियुक्ति दिनेले नियुक्ति खोस्न पनि सक्छ। जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु,’ उनले भने। एकतापछि बनेका केन्द्रीय सदस्यहरूलाई आफूले मनोनीत गरेकाले उनीहरूलाई हटाउने अधिकार पनि आफूसँग भएको उनको जिकिर थियो। प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई बहुमत भए आफूले बोलाएको बैठकमा आएर पुष्टि गर्न चुनौती दिए। ‘उहाँहरू बहुमत छ भन्नुहुन्छ तर बहुमत कहाँ पुष्टि भयो ?’ उनले भने, ‘त
नेकपा र सूर्य चिन्ह हाम्रै हो, केही दिन मै घोषणा हुन : प्रचण्ड

नेकपा र सूर्य चिन्ह हाम्रै हो, केही दिन मै घोषणा हुन : प्रचण्ड

समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे । सोमबार सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने बताए । ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’, प्रचण्डको दावी छ । उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए । उनले निकै ठुलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय आवश्यक छ भन्ने महशु
आजको राशिफल / वि.सं. २०७७ फाल्गुन १८ गते मङ्गलवार (मार्च ०२ तारिख) || यहाँकाे दीन शुभ रहाेस्

आजको राशिफल / वि.सं. २०७७ फाल्गुन १८ गते मङ्गलवार (मार्च ०२ तारिख) || यहाँकाे दीन शुभ रहाेस्

समाचार
आजको पञ्चाङ्ग,  वि.सं. २०७७ फाल्गुन १८ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ मार्च ०२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, फाल्गुन कृष्णपक्षको तृतीया तिथि, बिहान ०९:०८ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, हस्ता नक्षत्र, बिहान ०८:५१ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, बेलुका ०८:०४ बजेसम्म, त्यसपछि तुला राशिमा, गण्ड योग, दिउँसो १२:४७ बजेसम्म, त्यसपछि बृद्धि योग, विष्टि (भद्रा) करण, बेलुका ०८:०० बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा
error: Content is protected !!