Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Month: April 2021

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा सघाउने जसपाको भट्टराई-यादव पक्षले संकलन गर्‍यो १८ सांसदको हस्ताक्षर(नामावली सहित)

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा सघाउने जसपाको भट्टराई-यादव पक्षले संकलन गर्‍यो १८ सांसदको हस्ताक्षर(नामावली सहित)

समाचार
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् । वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए । यसअघि जसपाका नेताहरुबीच केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा नै विवाद देखिएको थियो । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव पक्षले बैठक बोलाउन माग गरे पनि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अस्वीकार गरेका थिए । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष ठाकुरले तत्कालै कार्यकारिणी बैठक बोलाउन अस्वीकार गरेका थिए । ठा
२२ जिल्ला कोरोना संक्रमणको रेडजोनमा कुन – कुन जिल्ला परे नामावली हेर्नुहोस्।

२२ जिल्ला कोरोना संक्रमणको रेडजोनमा कुन – कुन जिल्ला परे नामावली हेर्नुहोस्।

समाचार
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको बताएको छ । मन्त्रालयले नेपालका २२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी फैलिएको बताएको छ । कोभिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२ जिल्लाहरू (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु सुर्खेत, कैलाली, कञ्चनपुर) मा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको हुँदा सबैलाइ संवेदनशील हुन हार्दिक अनुरोध गरेको छ । साभार : ekantipur
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएकोले हरेक नागरिकलाई गर्यो यस्तो आपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएकोले हरेक नागरिकलाई गर्यो यस्तो आपिल

समाचार
काठमाडौँ — कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपीलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ । यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन पनि अपील गरिएको छ । ‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ 
निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई गर्यो प्रहरीले एक महिनाको लागि कारागार चलान

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई गर्यो प्रहरीले एक महिनाको लागि कारागार चलान

समाचार
१७ वैशाख, बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् । कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । ‘निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पु¥याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो,’ डीएसपी थापाले
महन्थ ठाकुर यसरी उपप्रधानमन्त्री बन्दै !

महन्थ ठाकुर यसरी उपप्रधानमन्त्री बन्दै !

समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढल्ने जोखिम टरेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले दह्रो साथ दिने निष्कर्षमा पुगेपछि सरकार ढल्ने जोखिम टरेको हो । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा संगको निरन्तर वार्ता र सम्बादले गर्दा जसपा ओलीको भरोसा गर्न थालेको छ । जसपाका मुद्धाहरु सरकारले पुरा गर्न थाले पछि जसपा ओली प्रति विश्वास बढाएको छ । यही कारण जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना बढेको छ । ओली आफुले सकेसम्म जसपाका कार्यकर्तालाई रिहा गर्न पक्षमा छन् जुन उनका लागि सरकार जोगाउने एकमात्र विकल्प हो । जसपा अध्यक्ष उपेन्द्र यादवलाई मनाउन सके सरकारमा जाने निश्चित हुनेछ । अध्यक्ष महन्थ ठाकुर सरकारमा सहभागी हुने पक्षमा छन् । जसपा सरकारमा गएमा ८ देखि १० वटा मन्त्रालय पाउने सम्भावना छ । उपसभामुख प
नेपालमा कोरोनाको यस्तो भयावह :अहिलेसम्मकै उच्च मृत्यु र संक्रमण दर

नेपालमा कोरोनाको यस्तो भयावह :अहिलेसम्मकै उच्च मृत्यु र संक्रमण दर

समाचार
एकै दिन ३५ को मृत्यु, मृत्यु हुनेमा रोगै नभएका र बालबालिकासमेत काठमाडौँ — कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८.३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ । एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । ‘कुनै ठाउँमा एक जना कोरोना पोजिटिभ हुँदा परिवारका सदस्य, भेटघाटमा परेका, कार्यालयमा काम गर्ने भए सहकर्मी सबैलाई संक्रमण देखिएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘हाल क्लस्टर (समूह) मा संक्रमण देखिएको छ । ठूलो सम
नेपालमा १२ ओटा स्मार्ट सिटि बन्ने,काहा-काहा बन्दै छ?स्मार्ट सिटि हेर्नुहोस् ।

नेपालमा १२ ओटा स्मार्ट सिटि बन्ने,काहा-काहा बन्दै छ?स्मार्ट सिटि हेर्नुहोस् ।

समाचार
काठमान्डाैं / सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो । सरकारले स्मार्ट सहर निर्माण आयोजनालाई ‘गेम चेन्जर आयोजना’ का रूपमा अगाडि बढाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर विकास आयोजनाका प्रमुख रोशन श्रेष्ठले देशभरि १२ वटा स्मार्ट सिटी निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सोको बजेट निकास, अध्ययन, डिजाइन निर्माण तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यासको तयारी भइरहेको जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपु
३ करोड नेपालीलाई खुशीको खबर धुर्मुसलाई उपप्रधानमन्त्री पोखरेलले भेटेर सरकारले यति ठूलो सहयोग दिने धोषणा

३ करोड नेपालीलाई खुशीको खबर धुर्मुसलाई उपप्रधानमन्त्री पोखरेलले भेटेर सरकारले यति ठूलो सहयोग दिने धोषणा

समाचार
काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकेट रंगशालाका विषयमा चासो व्यक्त गरेका छन्। क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका हुन्। उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रशंसनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेसनको प्रशंसा गरे। ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’, उनले भने।  उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँ
बहुचर्चित युवा नेता गोकर्ण विष्टसहित यति धेरै नेताहरुले यस्तो नयाँ अचमितको खेल पर्दाफाश गर्दै प्रधानमन्त्री केपी ओली तिर

बहुचर्चित युवा नेता गोकर्ण विष्टसहित यति धेरै नेताहरुले यस्तो नयाँ अचमितको खेल पर्दाफाश गर्दै प्रधानमन्त्री केपी ओली तिर

समाचार
काठमाडौं – नेकपा एमालेका बहुचर्चित युवा नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेका छन् । माधवकुमार नेपालको पक्का हिमायतीका रूपमा चिनिएका बिष्ट गत वर्ष मन्त्रिमण्डल पुनर्गठन हुँदा माधव पक्षको भएकै कारण बाहिर पारिएका थिए । पार्टीभित्रको द्वन्द्व उत्कर्षमा पुगेपछि विष्टले आफू एमालेको अनुशासनमा रहने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । विगतमा जे-जस्तो भूमिका निर्वाह गरेका भए पनि अहिले एमाले अनुशासनमा बस्ने प्रतिवद्धता जनाउनेहरूलाई कुनै कारवाही नगर्ने सोच प्रधानमन्त्रीले बनाउनुभएको बताइन्छ । त्यसैले २७ सांसद्लाई स्पष्टिकरण लिइँदा पनि गोकर्ण बिष्टलाई स्पष्टिकरण नलिइएको हो । त्यस्तै, विगतमा माधव पक्षमा सक्रिय रहेका समानुपातिक सांसदहरू पार्वती विसङ्खे र विनोद बुढाथोकीले पनि एमाले अनुशासनमा रहने प्रतिवद्धता जाहेर गरेका कारण उनीहरूसँग स्पष्टिकरण मागिए
दीपक मनाङे यसरी बने युवा तथा खेलकुद मन्त्री

दीपक मनाङे यसरी बने युवा तथा खेलकुद मन्त्री

समाचार
पोखरा — गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् । सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् । मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकप
error: Content is protected !!