Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: April 3, 2021

आमा बन्न लागेकी हुन् त प्रियंका ?

आमा बन्न लागेकी हुन् त प्रियंका ?

मनोरञ्जन
जगजाहेर नै छ, प्रियका कार्की अब एक्ली छैनन् । आयुशमान देशराज जोशीसँग उनले जोडी बाँधेको पनि बर्ष बित्यो । लामो प्रेम सम्बन्धलाई उनीहरुले गएको बर्ष फागुनमा दाम्पत्य सम्बन्धमा रुपान्तरण गरेका थिए । यहाँसम्म आइपुग्दा उनीहरुले केही कुरा लुकाएनन् । खुलमखुला प्रेम गरे । दुनियालाई देखाएरै इंगेजमेन्ट गरे । विवाहको कुरा लुकाउने कुरै भएन । विवाहअघि ब्याचलरेट पार्टी समेत मनाउन भ्याए । प्रियंकाले आफ्नी संगीहरुसँग ब्याचरलेट पार्टी मनाएको कुराले त गसिप बजारमा राम्रै तरंग पैदा ग¥यो । त्यसैको देखासेखी आयुशमानले पनि ब्याचलर पार्टीको तस्विर सार्वजनिक गरे । अन्ततः उनीहरुले औपचारिक रुपमै विवाह गरे । भव्यतापूर्वक । विवाहपछि प्रियंका र आयुशमान भैसीपाटीमा खरिद गरेको नयाँ घरमा बस्दै आएका थिए । लकडाउनको क्रममा उनीहरु घरेलु जीवनमै मग्न रहे । यी सबै कुराको बेलिबिस्तार लगाउनुको कारण के भने, अहि
ट्राफिक सिग्नलमा रातो र हरियो दुवै बत्ती बले पछि भयो यस्तो …

ट्राफिक सिग्नलमा रातो र हरियो दुवै बत्ती बले पछि भयो यस्तो …

समाचार
काठमाडौं । ट्राफिक सिग्नलमा रातो बत्ती बले सवारी-साधन रोक्ने र हरियो बले हिँड्ने नियम छ । तर, हरियो र रातो एकै पटक बल्यो भने के गर्ने ? आजभोलि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउने चालकले यस्तै समस्या व्यहोरिरहेका छन् । बिहीबार साँझ बानेश्वर चोकमा यस्तै भयो । एकै पटक दुईथरी संकेत दिने बत्ती बलेपछि चालक अलमलमा परे । तर, अगाडि विजुलीबजारतिर जाने सवारी-साधन नरोकिएकाले शंखमुलपट्टिबाट बानेश्वर जाने गाडी रोकिए । ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराईले प्राविधिक समस्याले त्यस्तो हुन गएको बताए । ‘दुवै लाइट त बल्नु नपर्ने हो, त्यस्तो भइरहेको छ भने म मर्मत गर्नलाई भन्छु’, उनले अनलाइनखबरसँग भने, ‘यो मर्मत गर्ने जिम्मेवारी यातायात कार्यालयको हो ।’ उनका अनुसार उपत्यकाका ३१ ठाउँमा ट्राफिक लाइट राखिएका छन्, तीमध्ये ५ वटा बिग्रिएका छन् । अनलाइन खबर बाट साभार
error: Content is protected !!