Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: April 6, 2021

नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना सांसदलाई कारबाही

नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना सांसदलाई कारबाही

समाचार
२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् । एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।
रुकुम पश्चिममा माओवादीको जनसभा, प्रचण्डले गरे यसरी सम्बोधन

रुकुम पश्चिममा माओवादीको जनसभा, प्रचण्डले गरे यसरी सम्बोधन

समाचार
२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा जनसभा आयोजना गर्दै छ । सो सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको छ । सदरमुकाम खलंगाको सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सम्बोधन गर्नेछन् । माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा आइपुग्ने कार्यक्रम छ । ‘मौसमले साथ दियो भने १२ बजे अध्यक्ष आइपुग्नु हुन्छ र कार्यक्रम सुरु हुन्छ, उनले भने । शर्माका अनुसार कार्यक्रममा साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने छ ।
नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध

समाचार
२४ चैत्र, हेटौंडा । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । झण्डै डेढ महिनापछि बसेको बैठकमा माओवादी केन्द्रले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको थियो । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् । उनले मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिए । प्रदेशसभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
error: Content is protected !!