Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: April 7, 2021

धादिङमा जिप दुर्घटना, १ को मृत्यु, १३ जना घाइते

धादिङमा जिप दुर्घटना, १ को मृत्यु, १३ जना घाइते

समाचार
काठमाडौँ — धादिङमा बुधबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १३ जना यात्रु घाइते भएका छन् । अपराह्न धादिङ बेंसीबाट रुविभ्याली (बोराङ) जाँदै गरेको ग १ ज ६२७० नम्म्बरको जिप डुन्डुरे (गासिली)मा दुर्घटना हुँदा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काकाअनुसार घाइतेहरु सामान्य अवस्थामा रहेको छ । चालक देउबहादुर तामाङ प्रहरी नियन्त्रणमा छ ।
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्कसम्बन्धी समस्या देखिए

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्कसम्बन्धी समस्या देखिए

समाचार
२५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द लेन्सेन्ट साइकियाटी« जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या देखिएको थियो । यो अध्ययन कोरोना संक्रमणपछि निको भएका दुई लाख २३ हजार व्यत्तिलमा गरिएको थियो । समस्या देखिएकामध्ये अधिकांशमा डर–चिन्ताको समस्या देखिएको थियो । १४ प्रतिशतले आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएका थिए भने १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्या देखिएको बताएका थिए । यस्तै ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २.१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको थियो । कोरोनाको असर गम्भीर देखिएका मानिसलाई भने मष्तिष्कको समस्या हुने जोखिम बढी हुने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने

समाचार
काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने भएका छन् । पहिलेको संविधानअनुसार ६८ वर्षीय पुटिनले दोस्रो कार्यकाल सकिएसँगै सन् २०२४ मा सत्ताबाट बाहिरिनुपर्ने थियो । तर गत वर्ष जनमतसंग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो दिएको हो । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो । नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ । गत मार्चमा रुसको संसद्ले उक्त संशोधन पास गरेको थियो । पुटिन पहिलो पटक सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए । चार–चार वर्षको दुई कार्यकाल बिताएपछि पुटिनले आफ्ना सहयोगी दिमित्री मेडभेडेवलाई राष्ट्
एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक

एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक

समाचार
२५ चैत, काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन २०२०-२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो। प्रतिवेदनमा नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’ मार्फत न्यायिक अनुमति बिना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख छ । नेपाल विशेष सेवा विधेयक संसदको माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन अवस्थामा रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रयाप्त कानूनी सुरक्षा बिना नै अधिकारीहरुलाई व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना सङ्कलन र अभिलेख गर्ने गरी फराकिलो अधिकार दिने
‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा

‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा

समाचार
काठमाडौँ — गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएको छ । वायु प्रदूषणमा लामो समयदेखि अनुसन्धान गर्दै आएको स्विट्जरल्यान्डको जेनेभास्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा राखिरहेको छ । काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक (एक्यूआई) प्रतिघण्टा १९४ छ भने ललितपुरको भैंसेपाटीमा १८९ छ । सबैभन्दा बढी हेटौंडामा एक्यूआई ४४४ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ । सरकारी अधिकारीहरूले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् । विज्ञप्ति निकालेर सचेत गराएबाहेक मुख्य सरोकारवाला निकाय वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले प्रदूषण नियन्
म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षाको माग गर्दै मानव अधिकार तथा शान्ति समाज

म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षाको माग गर्दै मानव अधिकार तथा शान्ति समाज

समाचार
काठमाडौँ / म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ । यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिए । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ । यसअघि ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसङ्घ कार्या
डिजिटल क्रिप्टोकरेन्सीको बजार मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

डिजिटल क्रिप्टोकरेन्सीको बजार मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाचार
डिजिटल क्रिप्टोकरेन्सीको बजार मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । डाटा एण्ड मार्केट ट्रयाकर क्वाइन गेको एण्ड ब्लाकफोलियोका अनुसार सोमबार विश्व बजारमा क्रिप्टोकरेन्सीको कूल बजार मूल्य २० खर्ब डलर पुगेको हो । पछिल्ला महिनाहरुमा क्रिप्टोकरेन्सीको मूल्यमा बढोत्तरी भैरहँदा संस्थागत तथा खुद्रा लगानीकर्ताहरुबाट समेत क्रिप्टोकरेन्सीको माग बढिरहेको छ । सोमबार दिउँसो क्रिप्टो मार्केट २० खर्ब २ अर्ब डलर पुगेको थियो । क्रिप्टोकरेन्सीको कूल बजार मूल्यमा भएको बढोत्तरीमा बिटक्वाइनको भूमिका ससक्त देखिएको छ । बिटक्वाइनको बजार मूल्य १० खर्ब १० अर्ब डलर पुगेको छ । सोमबार बिटक्वाइनको मूल्य प्रति बिटक्वाइन ५९ हजार ४५ डलर पुगेको थियो । त्यस्तै दोश्रो महँगो क्रिप्टोकरेन्सीको रुपमा रहेको इथेरियमको मूल्य प्रति एकाइ २ हजार १०३ डलर पुगेको छ । जसअनुसार इथेरियमको बजार मूल्य २ खर्ब ४४ अर्ब छ । पछिल्लो एक वर
जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पार्टीले पदमुक्त गर्नु निरंकुशताको पराकाष्ठा : सहरी विकासमन्त्री प्रभु साह

जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पार्टीले पदमुक्त गर्नु निरंकुशताको पराकाष्ठा : सहरी विकासमन्त्री प्रभु साह

समाचार
काठमाडौं : सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पार्टीले पदमुक्त गर्नु निरंकुशताको पराकाष्ठा भएको बताएका छन्। नेकपा माओवादी केन्द्रले नेकपाबाट दल अलग हुँदा  नेकपा एमालेतर्फ गएका प्रभु साह, लेखराज भट्ट, टोपबहादुर रायमाझी र गौशंकर चौधरीलाई पार्टीबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको मंगलबार सूचना निकालेर जानकारी दिएको थियो। यस्तै, उनीहरूले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएको थिए। माओवादीबाट एमाले छिरेका ४ सांसद साधारण सदस्यसमेत नरहने गरी बर्खास्त कारवाहीपछि मन्त्री साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को उक्त निर्णयलाई लोकतन्त्रो उपहास एवं निरंकुशताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। 'जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवं निरंकुशताको पराकाष्ठा हो,'' साह
दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै  जान पाउने भए

दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै जान पाउने भए

समाचार
काठमाडौं। दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुकको सूचीबाट हटाएर संवेदनशील मुलुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील ९रेडजोन०बाट हटाएर संवेदनशील ९एलोजोन०को सूचीमा राख्नु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताए । दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए । दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्
इटहरी मा रहेकाे तिरुपति प्लाई उद्योगमा आगलागी

इटहरी मा रहेकाे तिरुपति प्लाई उद्योगमा आगलागी

समाचार
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं १० मा रहेकाे तिरुपति प्लाई उद्योगमा आगलागी भएकाे छ । तिरुपति प्लाई उद्योगमा साेमबार विहानबाट आगलागी भएकाे हाे । आगलागी नियन्त्रणका लागि इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी नगरपालिका, बिराटनगर महानगरपालिका र इनरुवा नगरपालिकाका लगायतका दमकलले प्रयास गरिरहेका छन् । आगलागीका विषयमा थप बिवरण आउन बाँकि छ ।
error: Content is protected !!