Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: April 8, 2021

यो साता निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् चैत्र २२ गते देखी चैत्र २८ गतेसम्मको साप्ताहिक राशिफल, तपाइको कति शुभः ?

यो साता निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् चैत्र २२ गते देखी चैत्र २८ गतेसम्मको साप्ताहिक राशिफल, तपाइको कति शुभः ?

समाचार
२०७७ चैत्र २२ गते देखी चैत्र २८ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा मनोरन्जन मुलक यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक सामिप्यता उत्तम नरहला । स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साब
२०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ  : पुष्पकमल दाहाल

२०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ  : पुष्पकमल दाहाल

समाचार
संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन्' काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको स्वीकार गरेका छन् । रुकुम पश्चिम पुगेका दाहालले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताएका हुन् । जनप्रशिक्षण कार्यक्रममा मंगलबार बोल्दै दाहालले भने, 'संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ । पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ ।' पार्टीबाट सांसद भएर नेकपा (एमाले)मा लागेका चार मन्त्रीहरूलाई निष्कासनको पत्र संसद् सचिवालयलाई पठाएर रुकुम पूर्वति
वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिले गरिन यस्तो आग्रह

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिले गरिन यस्तो आग्रह

समाचार
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बिहीबार उक्त आग्रह गरेकी हुन् । उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छन् ।
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, चैत्र २७ गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, चैत्र २७ गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

समाचार
आज श्री शाके १९४२ बि.स.२०७७ साल चैत्र २७ गते शुक्रबार इश्वी सन २०२१ अप्रिल ९ तारीख चैत्र कृष्णपक्ष त्रयोदशी तिथी शतभिषा नक्षत्र पश्चात पूर्वभाद्रपदा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा सौम्य योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरीरहेको कार्यको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नयाँ लगानी नगरेकै बेश रहनेछ । अध्यन अध्यापनमा खर्चिएको समय मध्यम रहनेछ । कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी स
यस कारण शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने

यस कारण शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने

समाचार
काठमाडौं: विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोsना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको हो । स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ । देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ । योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्रबहादुर केसी निर्वाचित

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्रबहादुर केसी निर्वाचित

समाचार
२६ चैत, काठमाडौँ । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्रबहादुर केसी निर्वाचित भएका छन् । बुटबलमा सम्पन्‍न चौथो राष्ट्रिय सम्मेलनले केसीको नेतृत्वमा ४७ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । यस्तै राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल निर्वाचित भएका छन्। त्यस्तै सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । सम्मेलबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल,लालबहादुर थापा,कृष्ण बहादुर खड्का,कमला जिसी,कल्याणी श्रेष्ठ, रत्न विक्रम प्यासी राना,तारा थापा,नन्दराज भट्ट,डम्बर पुरी,लालबहादुर जाग्री,सौमकुमार कार्की,राजेन्द्र ढुङ्गना, घनश्याम न्यौपाने,झविलाल थापा,पियारी थापा,ईन्दिरा ज्ञवाली ,यमलाल पोखरेल रहेका छन् । यस्तै मञ्जु परियार,लक्ष्
किन र कसरि बलियो छ म्यानमारको सेना ? हेर्नुहोस् ।

किन र कसरि बलियो छ म्यानमारको सेना ? हेर्नुहोस् ।

समाचार
म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । त्यहाँ भइरहेको मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने आवाज उठिरहेको छ । तर, भारत र चीनलाई आफ्नो छिमेकमा भइरहेको नरसंहारले खासै छोए जस्तो देखिंदैन । प्रजातान्त्रिक मुलुक भारतले ‘कु’ भएको केही घण्टामा नै म्यानमारमा विकसित घटनाक्रमलाई ‘नोट’ गरेको र त्यहाँ ‘कानूनी शासन र प्रजातान्त्रिक प्रक्रियालाई सम्मान गर्नुपर्ने’ प्रतिक्रिया दिएको थियो । तर, त्यसपछि भएका प्रदर्शन र दिनहुँ दर्जनौं निहत्था नागरिक मारिएको घटनामा ऊ मौन छ । उता चीनले भने म्यानमारमा जे भइरहेको छ त्यो उसको ‘आन्तरिक मामिला’ भएको र सरोकारवालाहरूले ‘आपसी सहमतिमा’ हल गर्नुपर्ने प्रतिक्रिया दिंदै आएको छ । भारत र चीनले त्यहाँको नरसंहार रोक्न दबाब दिनु
यी चार मन्त्रीको सांसद पद नै किन भयो खारेज हेर्नुहोस् ।

यी चार मन्त्रीको सांसद पद नै किन भयो खारेज हेर्नुहोस् ।

समाचार
फेरि शपथ लिनुपर्ने, ६ महिना मात्रै मन्त्री बन्न पाउने काठमाडौँ — नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पद गएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद गएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धि ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन माओवादी केन्द्रले सूचना दिएको जानकारी संसद सचिवायमाल आएको प्रतिनिधिसभालाई जानकारी गराएका थिए । मन्त्री रहेका चारैजना सांसदले मन्त्रीमै रहिरहनका निम्ती फेरि शपथ लिनुपर्ने हुन्छ । संविधानमा सांसद् नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री हुन पाउने व्यवस्था छ । त्यस्तै, ६ महिनाभन्दा बढी प्रतिनिधिसभाको कार्यकाल रहने अवस्थामा रिक्त सांसद् पदका लागि उपनिर्वाचन हुने पन
अम्बाका पात उमालेर गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट : प्रधानमन्त्री ओली

अम्बाका पात उमालेर गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट : प्रधानमन्त्री ओली

समाचार
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताएका हुन् । ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट,' उनले थपे, 'नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’ पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा परेको रिटमा किन सुनुवाइ नहुने भयो हेर्नुहोस् ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा परेको रिटमा किन सुनुवाइ नहुने भयो हेर्नुहोस् ।

समाचार
२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको छ । प्रधानमन्त्री ओलीको दल नेकपा विभाजित भएपछि उनले विश्वासको मत लिनुपर्ने भन्दै अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले दिएको रिट सर्वोच्चका मुख्य रजिस्टारले लालबहादुर कुँवरले चैत २४ गते दरपीठ गरिदिएका थिए । उक्त दरपीठविरुद्ध दिएको निवेदनमाथि बिहीबार भएको सुनुवाईमा न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले दरपीठको आदेशलाई नै सदर गरिदिएका हुन् । अब उक्त मुद्दामा सर्वोच्चमा सुनुवाई नहुने सर्वोच्चका एक अधिकारीले जानकारी दिए । बिहीबार भएको सुनुवाइमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सर्वोच्चको २३ फागुनको फैसलाबाट प्रधानमन्त्री ओलीको दल नेकपा विभाजित भएकाले संविधानको धारा १०० को २ अनुसार उनले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बताए । तर चैत २३ गतेसम्म
error: Content is protected !!