Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: April 11, 2021

पानीबाट यसरी गाडी कुदाउँदै शिशिर भए सब चकित

पानीबाट यसरी गाडी कुदाउँदै शिशिर भए सब चकित

समाचार
‘यो प्रविधिको प्रयोगबाट इन्धनमा हुने खर्चको न्यूनतम २५ देखि ३० प्रतिशत बचत हुन्छ ।’ काठमाडौँ — पानीबाट गाडी कुदाउन सम्भव छ ? धेरैलाई असम्भव लागेको यही प्रश्नको उत्तर खोज्न कस्सिए स्टेन्ली मेयर्स । अनि यी अमेरिकीले विकास गरे– ‘वाटर फ्युल सेल’ । यो प्रविधिअन्तर्गत पानीबाट हाइड्रोजन निकालेर त्यसलाई इन्धनका रूपमा प्रयोग गर्न सकिने उनको दाबी थियो । सन् १९९६ को घटना हो यो । यो प्रविधिको विकाससँगै मेयर्सले आफू ८३ लिटर पानी प्रयोग गरेर लस एन्जलसदेखि न्युयोर्कसम्म पुगेको प्रचार पनि गरे । तर उनका कुरा धेरैले खण्डन गरे, पत्याएनन् । त्यसको दुई वर्षपछि मेयर्सको मृत्यु भयो । बेल्जियमका दुई लगानीकर्तासँग एक रेस्टुरेन्टमा गफ गर्ने क्रममा विष खुवाएर दाजुको हत्या गरिएको भाइ स्टेफनले आरोप लगाए । तेल माफियाहरूको षड्यन्त्रमा उनको हत्या गरिएको हल्ला पनि चल्यो । तर अमेरिकी प्रहरीको अनुसन्धानले ४८ वर्षीय मेयर्
पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

समाचार
२९ चैत, काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै राखिने उनले जानकारी दिए । २०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा हामी २०७८ वैशाख ११ गते फेरि उद्घाटन गर्दैछौं,’ उनले भने, ‘शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन तोकेका हौं ।’ उनका अनुसार धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ । गोश्वारा हुलाक र टक्सार विभागको
म्यान्मारमा सैनिक दमन,एक्कै दिन ८२ प्रदर्शनकारी मारिए संसार नै चकित

म्यान्मारमा सैनिक दमन,एक्कै दिन ८२ प्रदर्शनकारी मारिए संसार नै चकित

समाचार
सुरक्षाकर्मीले प्रदर्शन दबाउन ग्रिनेड तथा राइफलको प्रयोग गरेका स्थानीय संचारमाध्यमले जनाएका छन् यांगुन/बागो — म्यान्मारमा सैनिक शासनविरुद्ध विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले दमन गरेपछि कम्तीमा ८२ जनाको ज्यान गएको छ । बागोमा सहरमा शुक्रबार गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या अझै बढी रहेको अनुमान गरिएको छ । मृतकहरूको शव सेनाले लिएर गएका कारण मारिनेको संख्या यकिन हुन नसकेको अधिकारकर्मीहरूले जनाएका छन् । घटनामा दर्जनौं घाइते भएका छन् । प्रदर्शनका क्रममा केही हलचल भएको देख्ने बित्तिकै सुरक्षाकर्मीहरूले सीधै गोली प्रहार गरेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । ‘म्यान्मार नाउ’ अनलाइनका अनुसार सुरक्षाकर्मीले प्रदर्शन दबाउन ग्रिनेड तथा राइफलको प्रयोग गरेका थिए । तर सेना नियन्त्रित अखबारले भने प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि
गंगामायाका छोराका हत्या अभियुक्तहरू १२ जना लाई चितवन अदालतले किन दियो सफाइ हेर्नुहोस् ।

गंगामायाका छोराका हत्या अभियुक्तहरू १२ जना लाई चितवन अदालतले किन दियो सफाइ हेर्नुहोस् ।

समाचार
काठमाडाैं : अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादका हत्याका अभियुक्तहरूलाई पाटन उच्च अदालत हेटौंडा इजलासले सफाइ दिएको छ। न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हेटौंडा इजलासका उपरजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिए। यसअघि चितवन अदालतले १२ जना अभियुक्तलाई सफाइ दिएको थियो। आज सुरुमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकिलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभियोगमा कारबाही हुनुपर्ने माग गर्दै बहस गरेका थिए। उनीहरूको बहस सकिएपछि जाहेरीवालाका तर्फबाट अधिवक्ता पुष्पराज पौडेल र महामुनिश्वर आचार्यले बहस गरेका थिए। त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेललगायतले बहस गरे। २०६१ साल जेठ २४ गते चितवनको
राष्ट्रपतिले प्रदान गरेको मानपदवी पदकमा चुच्चे नक्सा नसमेटिएको भन्दै अनेरास्ववियुको विरोध प्रदर्शन

राष्ट्रपतिले प्रदान गरेको मानपदवी पदकमा चुच्चे नक्सा नसमेटिएको भन्दै अनेरास्ववियुको विरोध प्रदर्शन

समाचार
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई प्रदान गरेका विभिन्न मानपदवी, अलंकार र पदकमा नेपालको चुच्चे नक्सा नरहेको भन्दै सत्तारुढ नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध गरेको छ । मानपदवी, अलंकार र पदकमा चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै विरोधमा अनेरास्ववियुले आइतबार काठमाडौंमा प्रदर्शन गरेको हो । भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदान गरेको मानपदवी, अलंकार र पदकमा नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको अनेरास्ववियु नेता आरती लामाले बताइन् । आफ्नै पार्टी नेतृत्वको सरकारले गरेको भए पनि गलत कामको विरोध गरिएको लामाको भनाइ थियो । 'राष्ट्रपतिले जुन ढंगले पदक बाँड्नुभयो त्यसमा हामीले संसद्बाट पास भएको नक्सा पदकमा रहेन भनेर विरोध गरेको हौं,' उनले भनिन्, 'हाम्रो प
प्रचण्ड पत्नी सीताको भावुक बनाउने तस्वीर कसरी भयो यस्तो?

प्रचण्ड पत्नी सीताको भावुक बनाउने तस्वीर कसरी भयो यस्तो?

समाचार
शनिवार प्रचण्डका दुई छोरीहरूले आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरेका छन् । रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा आमा क्याप्सन लेखेर सार्वजनिक गरेका हुन् । फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । उनकाे स्वास्थ्य अवस्था सामान्य नै रहेको बुझिएकाे छ । उनको उपचार नियमित रुपमा चलिरहेको बताइएकाे छ ।
शिवपुरी–नागर्जुन निकुञ्जमा भीषण डढेलो , निभाउन हेलिकप्टरबाट पानी

शिवपुरी–नागर्जुन निकुञ्जमा भीषण डढेलो , निभाउन हेलिकप्टरबाट पानी

समाचार
२९ चैत, काठमाडौं । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो । आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो । तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकोप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले अनलाइनखबरलाई बताए ।
शिक्षण संस्था बन्द गर्ने मन्त्रालयको प्रस्तावमा प्याब्सनले गर्यो विरोध

शिक्षण संस्था बन्द गर्ने मन्त्रालयको प्रस्तावमा प्याब्सनले गर्यो विरोध

समाचार
काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)को दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला सहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई सीसीएमसीले अगाडि बढाइसकेको छैन । शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर उक्त प्रस्ताव अगाडि बढाउने तयारी गरेको बताइएको छ । यता प्याब्सनले भने मुलुकभरका सबै विद्यालय बन्द गर्दा क्षैत्रिक क्षेत्रमा ठूलो असर पर्ने भन्दै त्यसको विरोध गरेको छ । पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने र त्यसका लागि वातावरण बनाइदिन सरकारसँग माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै स्व
लकडाउन गर्ने कि नगर्ने भन्नेबारे सरकारको यस्तो धारणा सार्वजनिक

लकडाउन गर्ने कि नगर्ने भन्नेबारे सरकारको यस्तो धारणा सार्वजनिक

समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी अर्थात लकडाउन लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए । उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।” पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्के
मेलम्चीको पानी कसरी भयो?तीन सय भन्दा बढी ठाउँमा लिकेज

मेलम्चीको पानी कसरी भयो?तीन सय भन्दा बढी ठाउँमा लिकेज

समाचार
काठमाडौँ — मेलम्ची पानीको लिकेजले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा टाल्न एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ । पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गरिएकाले लिकेज हुने क्रम बढेको छ । यसले नयाँ कालोपत्रे सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डा भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ । ‘खानेपानी वितरणमा तयारी नपुगेको देखिन्छ,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले भने, ‘लामो प्रतीक्षापछि आएको मेलम्चीको पानी रोक्ने कुरा भएन । तर पानी लिकेजकै कारण सडकमा खाल्डा थपिनु राम्रो होइन ।’ पाइप फुट्दा बनाउने र सडक मर्मत गर्ने काम सम्बन्धित निकायबाटै हुनुपर्ने उनको भनाइ छ । ‘सडक बनाउँदा पाइप फुट्यो र बिजुलीका पोल ढले भने
error: Content is protected !!