Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 1, 2021

राशिफल : २०७८ वैशाख १९ गते आइतवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल : २०७८ वैशाख १९ गते आइतवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

समाचार
आजको पञ्चाङ्ग,  वि.सं. २०७८ वैशाख १९ गते आइतवार तदनुसार ई. सं. २०२१ मई ०२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:२८ बजे,  काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, वैशाख कृष्णपक्षको षष्ठी तिथि, बेलुका ०८:४४ बजेसम्म, त्यसपछि सप्तमी तिथि, पूर्वाषाढा नक्षत्र, दिउँसो ०२:४१ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, बेलुका ०८:२७ बजेसम्म, त्यसपछि मकर राशिमा, सिद्धि योग, बिहान ०७:१६ बजेसम्म, त्यसपछि साध्य योग, गर करण, बेलुका ०८:४४ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : शुभ, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम, वारशूल
कोरो’नाबाट बिहे गरेको ७२ घण्टामै दुलाहाको मृ’त्यु

कोरो’नाबाट बिहे गरेको ७२ घण्टामै दुलाहाको मृ’त्यु

समाचार
भारतको उत्तर प्रदेश स्थित बिजनौरमा को’रोनाले नव विवाहित पुरुषको मृ’त्यु भएको छ। बिहेको रात दुलाहालाई ज्व’रो आएको थियो। उनलाई अस्प’तालमा भर्ना गरिएको थियो। उपचारका क्रममा ७२ घण्टापछि उनको मृ’त्यु भयो। बिजनौरको मोहल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए। तर बिहेकै दिन उनलाई ज्व’रो आयो। स्वा’स्थ्य परीक्षण गराउँदा उनलाई कोरोना पोजिटिभ देखियो। अस्पतालमा अक्सिजनको कमिका कारण अर्जुनको मृ’त्यु भएको बताइएको छ । भारतमा को’रोना संक्र’म’णले एकपछि अर्को रेकर्ड राखिरहेको छ। भारतको स्वा’स्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाख भन्दा बढीमा को’ना सं’क्रमण पुष्टि भएको छ। पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा सं’क्र’मण पुष्टि भएको छ। एकैदिन कुनै पनि देशमा ४ लाख भन्दा बढीलाई सं’क्र’मण देखिएको यो पहिलो पटक हो। त्यसै गरी पछ
सीसीएमसीको शुक्रबार बसेको बैठकका यी हुन निर्णय शनिबार भयो सार्वजनिक(सुचिसहित )

सीसीएमसीको शुक्रबार बसेको बैठकका यी हुन निर्णय शनिबार भयो सार्वजनिक(सुचिसहित )

समाचार
काठमाडौं, बैशाख १८ । कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को शुक्रबार बसेको बैठकका निर्णय शनिबार सार्वजनिक भएका छन्। बैठकले निषेधाज्ञा भएका उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्ने लगायत विभिन्न निर्णय गरेको छ। त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्ने सीसीएमसीले जनाएको छ। बैठकले अत्यावश्यक बाहेकका अन्य सेवा र कार्यालय एक चौथाई कर्मचारीले सञ्‍चालन गर्न सकिनेसमेत बताएको छ। बैठकले काठमाडौं उपत्यकामा सूचना बिभागले जारी गरेको र जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने निर्णय गरेको छ।यस्तै होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपोट गर्ने प्रक्रिया अघि बढाउनेसमेत निर्णय गरेको छ । यी हुन बैठकका निर्णय १. निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरह
बेलायतमा प्लाटुन कमान्डर्स ब्याटल कोर्समा २१ वर्षीय नेपाली सैनिक उत्कृष्ट

बेलायतमा प्लाटुन कमान्डर्स ब्याटल कोर्समा २१ वर्षीय नेपाली सैनिक उत्कृष्ट

समाचार
लन्डन — प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन् ।नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका हुन् । गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्यान्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए । प्लाटुन कमान्डिङ जस्तो चुनौतिपूर्ण कोर्समा आफ्नो इन्फेन्ट्री स्किल देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा देखि नै सफल भएकाले यसले नेपालको छवि विश्वमा उचो बनेको थापाले बताए । आउँदो जुलाई अन्त्यतिर नेपाल फर्कनुअघि थापाले अब कमान्डो कोर्स गर्ने छन् । बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमान्डोले उक्त कोर्स गराउने थापाले बताए । यसअघि बेलायतको स्यान
निषेधाज्ञा थप कडा गरिने, हिँडडुल गर्न पनि रोक गर्दा गर्दै पनि यस्तो देखियो

निषेधाज्ञा थप कडा गरिने, हिँडडुल गर्न पनि रोक गर्दा गर्दै पनि यस्तो देखियो

समाचार
काठमाडौं / निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए । केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ । प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै कालिकोट, बाग्लुङ र बर्दियाम
सरकारले कोरोनाको उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन

सरकारले कोरोनाको उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन

समाचार
१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाए । ‘आफैं लापरबाही गरेर, हजारौं हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो,’ उनले भने, ‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच र परीक्षणमा ध्यान दिनुपर्छ ।’ नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर
error: Content is protected !!