Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 3, 2021

हार्दिक बधाई : चीनले गर्यो बाचा पुरा, नेपाललाई यस्तो माहामरिमा गर्यो यति ठूलो सहयोग

हार्दिक बधाई : चीनले गर्यो बाचा पुरा, नेपाललाई यस्तो माहामरिमा गर्यो यति ठूलो सहयोग

समाचार
काठमाडौं । चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो । **यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला** एक साताअघि पाँच विदेशमन्त्रीसँग चीनले भेटघाट गरेको थियो । चीनले दिने भनेको उक्त अक्सिजन सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ । साथै, सरकारले अक्सिजन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसकेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकमा चीनले सहयोगस्वरु
प्रचण्डसँग यस कारण अब कोही पाटिमा बस्न सक्दैन भन्दा प्रचण्ड यसरी भए भबुक

प्रचण्डसँग यस कारण अब कोही पाटिमा बस्न सक्दैन भन्दा प्रचण्ड यसरी भए भबुक

समाचार
काठमाडौं । ‘पुष्पकमल दाहाल प्रचण्डसँग अब कोही बस्न सक्दैन, अहिले सँगै भएकाहरुले पनि साथ छोड्दै जान्छन्’ – रौतहटको कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाह भन्नुहुन्छ । एमालेमा लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सियाराम लगायत रौतहटका स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्नुभएको थियो । बस्नै नसक्ने भएपछि आफूहरुले प्रचण्डको साथ छोडेको सियाराम बताउनुहुन्छ । प्रचण्डसँग नेताहरु बस्न नसक्नुको कारण बताउँदै सियारामले भन्नुभयो – ‘सबथोक मै मात्र हूँ भन्ने अंहकार प्रचण्डमा छ, जुट होइन फुट उहाँको एजेण्डा नै बनेको छ, पदमा मात्रै ध्यान छ, त्यसैले अब उहाँसँग कोही बस्न सक्दैनन, बसेकाले पनि विस्तारै साथ छोड्दै छन् ।’ प्रचण्डको खराब बानीकै कारण आफ्नै गुरु भन्नेहरुले पनि उहाँलाई छाडेर गएको बताउनुभयो । सियारामले प्रश्न गर्नुभयो – ‘तपाईसँग को बस्न चाहान्छ ? तपाईं कसैको भलो चाहानुहुन्न, देशको विकास च
काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

समाचार
२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ । विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी नियन्त्रणको प्रयासमा नै असर गर्नसक्ने कतिपयको चिन्ता छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली भन्छन्, ‘अझै निषेधको आदेशको पालना नहुने र संक्रमणको अवस्था बढ्दै जाने हो भने गत वर्ष जस्तै पूरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ ।’ नागरिक आफैं सचेत नभएसम्म महामारी नियन्त्रणको सरकारी प्रयास सफल नहुने उनको बुझाइ छ । सीडीओ पराजुलीका अनुसार दुई दिनपछि फेरि एक साताका लागि थप हुने निषेधको आदेश जारी हुँदा थप कडाइका गर्ने तयारी छ । म
संविधान र लोकतन्त्रमाथि गम्भीर षड्यन्त्र हुन थाल्यो’ ओलीको सम्भावित रणनीति यस्ता छन् :कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल

संविधान र लोकतन्त्रमाथि गम्भीर षड्यन्त्र हुन थाल्यो’ ओलीको सम्भावित रणनीति यस्ता छन् :कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल

समाचार
२० वैशाख, काठमाडौं । कोरोना महामारी नभएको भए प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान भइसक्नुपर्ने थियो । गत वर्ष महामारीकै बेला पनि वैशाख २६ गते अधिवेशन आह्वान भएको थियो । तर यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशनको साटो विशेष अधिवेशन रोजे, त्यो पनि विश्वासको मत लिन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा संसद अधिवेशन आह्वान गरेकी छिन् । संसदीय अभ्यासमा सरकारले बोलाउने नियमित अधिवेशन हो । सामान्यतया विशेष अधिवेशन सांसदहरुले समावेदन दिएको अवस्थामा बोलाइन्छ । तर प्रधानमन्त्री आफैंले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्दा संवैधानिक र राजनीतिक उल्झन बढ्ने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड बताउँँछन् । ‘संविधान र लोकतन्त्रमाथि गम्भीर षड्यन्त्र हुन थाल्यो’ कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट जनताको जीवन जोगाउन दिए आज यस्तो निर्देशन

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट जनताको जीवन जोगाउन दिए आज यस्तो निर्देशन

समाचार
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताएका हुन् । 'हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो,' प्रधानमन्त्री ओलीले भने, 'कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ ।' कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । हालसम्म कोरोनाबाट 'अनाहकमा यस महामारीबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको' प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए । हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक
रंगशालासहित सार्वजनिक स्थललाई सुविधायुक्त आइसोलेसन केन्द्र बनाइने

रंगशालासहित सार्वजनिक स्थललाई सुविधायुक्त आइसोलेसन केन्द्र बनाइने

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका सार्वजनिक स्थललाई सुविधा सम्पन्न आइसोलेसन बनाउने  घोषणा गरेका छन्।  प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा सम्बोधनका गर्दै यस्तो घोषणा गरेका हुन्। उनले सम्बोधनमा भने,‘सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ।’ त्यस्तै उनले  ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गर्ने पनि बताए।  ‘महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ, यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ’,सम्बोधनमा ओलीले भने।
उपत्यकाको जारी निषेधाज्ञालाई थप कडा बनाउन अर्को यस्तो नयाँ आदेश जारी

उपत्यकाको जारी निषेधाज्ञालाई थप कडा बनाउन अर्को यस्तो नयाँ आदेश जारी

समाचार
काठमाडौँ — उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो । त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी कर्मचारीलाई सम्बन्धित कार्यालयबाट अत्यावश्यक र अनुमति दिइएका सेवा प्रवाहका लागि सीमित सवारी पास मात्रै जारी गर्ने, बैंक तथा वित्तीय संस्थाका हकमा एउटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी चलाउन दिइने एवं सरकारी कार्यालयमा रहेका सवारीमध्ये ५० प्रतिशत मात्रै सञ्चालनमा ल्याउने गरी अर्को आदेश जारी गर्न लागेका छन् । भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले यस विषयमा तीनवटै प्रशासनको संयुक्त छलफल भएको र छिट्टै निर्णय सार्वजनिक गरिने बताए । उनले भने, ‘अब बैंक तथा वित्तीय संस्था र तोकिएका सेवा प्रवाहका लागि सरकारी कार्यालय र आवागमनका लागि यसअ
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न ठूला अस्पताललाई दिए यस्तो निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न ठूला अस्पताललाई दिए यस्तो निर्देशन

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताललाई कोभिड अस्पताल अस्पतालका रुपमा सञ्चालन गरिने बताएका छन् । यस्तै उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार श्ययाको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएको समेत जानकारी दिए । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए । प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने ओलीले बताए । यस्तै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गरिने पनि ओलीले बताए ।
चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल

चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल

समाचार
चार महिनादेखि वेपत्ता दाङका संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला परेको छ। गत माघ १५ गतेदेखि घोराहीबाट वेपत्ता रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी वलीको कपडा र जुत्तासहित मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका १६ को बाँघखोर सामुदायिक वनमा उक्त कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए। कंकालसहित भेटिएको पाइन्ट, घडी, जुत्ता वलीकै भएको परिवारले बताएको छ। शव गलेको अवस्थामा भेटिएकाले कंकाल वलीको हो या हैन भन्ने पहिचान खुलेको छैन। अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए। राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट डेरा फर्किएका र त्यसै दिनबाट वेपत्ता भएका थिए। घटनाबारे थप अनुसन्धान भइरह
खुशीको खबर शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु

खुशीको खबर शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु

समाचार
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ। काठमाडाैं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आइतबार एक समारोहकाबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो। २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण्ट स्थापना गर्ने  सम्बन्धी सम्झौता भएको थियो। प्लाण्टको प्रतिदिन ६ हजार तीन सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ। चलनमा रहेको अक्सिजन सिलिण्डर अनुसार, प्रतिदिन एक सय ३५ वटा सिलिण्डर उत्पादन हुनेछ। एउटा अक्सिजन सिलिण्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ। सो अक्सिजन प्लाण्ट दुई करोड ७५ लाख रुपैयाँमा निर्माण भएको हो। कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै राम्रो काम भएको बताए। अक्सिजन उत्
error: Content is protected !!