Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

Day: May 5, 2021

ओलीलाई सांसदहरुको जवाफ – हामी एमालेमै छौँ, विश्वासको मत दिन्छौँ

ओलीलाई सांसदहरुको जवाफ – हामी एमालेमै छौँ, विश्वासको मत दिन्छौँ

समाचार
काठमाडौं नेकपा एमालेले स्पष्टीकरण सोधेका तीनजना सांसदले फेसबुक म्यासेन्जरबाटै जवाफ फर्काएका छन्। एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ उनीहरुले म्यासेन्जरबाटै दिएका हुन्। ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीन सांसदलाई यही वैशाख १६ गते स्पष्टीकरण सोधेका थिए। ओलीको निर्देशनमा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले फेसबुक म्यासेन्जरबाट सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए। ओलीले सांसदहरु गङ्गा चौधरी सतगौवा, कलिला खातुन र समिना हुसेनलाई ‘अर्को पार्टीमा लागेको हो ?’ भनेर स्पष्टीकरण सोधेका थिए। उनीहरुले आफूहरुलाई म्यासेन्जरबाट स्पष्टीकरण सोधिएको बताएका छन्। ‘पछिल्लो पटक हामी तीनजनालाई स्पष्टीकरण सोधिएको रहेछ’, उनले भनिन्, ‘मैले त म्यासेन्जर पनि हेरेकी थिइनँ, कलिला माननीयले खबर गरेपछि थाहा पाएकी हुँ।’ उनीह
दक्षिण एसियाभरमा कोभिडको नयाँ भेरिएन्टले नेपाल सबैभन्दा बढी प्रभावित बन्यो : रेडक्रसको अन्तर्राष्ट्रिय समिति

दक्षिण एसियाभरमा कोभिडको नयाँ भेरिएन्टले नेपाल सबैभन्दा बढी प्रभावित बन्यो : रेडक्रसको अन्तर्राष्ट्रिय समिति

समाचार
काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले नेपालमा कोभिड-१९ संक्रमणको परिस्थिती भयावह भएको उल्लेख गर्दै चाँडै भारतको जस्ता अवस्था आउन सक्ने चेतावनी दिएको छ ।रोयटर्सलाई उध्दृत गर्दै जेनेभा मुख्यालय रहेको रेडक्रसका एसिया प्रशान्त निर्देशक अलेक्जेन्डर म्याथ्युले भने- ‘मानवीय क्षति हुने भयावह परिस्थिती आउनुपूर्व नै हामीले तत्काल र चाँडो भाइरसलाई रोक्न काम गर्नुपर्छ ।’ भारत हुँदै दक्षिण एसियाभर फैलिएको कोभिडको नयाँ भेरिएन्टले नेपाल सबैभन्दा बढी प्रभावित बनेको समेत रेडक्रसले जनाएको छ । रोयटर्सका अनुसार नेपालमा एकमहिना पहिलेभन्दा ५७ प्रतिशतले संक्रमण दर बढिरहेको छ । परीक्षणमध्ये ४४ प्रतिशत नमुना परीक्षण आएको समेत जनाइएको छ । भारतीय सीमा नजिकका नेपाली सहरमा सर्वसाधारणले आवश्यक उपचार पाउन नसकेको र नेपालको १ प्रतिशत जनसंख्याले मात्र खोप लगाएको समेत उल्लेख छ ।‘यदि भाइरसलाई हामीले नियन्त्रण गर्न स
देउवा निवास बुढानिलकण्ठ किन पुगे प्रधानमन्त्री ओली,चल्यो राजनीतिमा हलचल

देउवा निवास बुढानिलकण्ठ किन पुगे प्रधानमन्त्री ओली,चल्यो राजनीतिमा हलचल

समाचार
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि देउवा निवास पुगेका हुन् । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका हुन् । उनका अनुसार अहिले छलफल जारी छ । छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवाका अलावा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत लगायत उपस्थित छन् । साभार : ekantipur
ओलीले विश्वासको मत नपाए के हुन्छ ?हेर्नुहोस् ।

ओलीले विश्वासको मत नपाए के हुन्छ ?हेर्नुहोस् ।

समाचार
‘विश्वासको मत लिन नसके एकातिर सरकार बनाउने, बन्न नदिने खेलकुदमै समय गुज्रने, अर्कातिर कामचलाउ सरकारले नै चुनावलक्षित बजेट ल्याउन सक्ने गरी तयारी’ अबका दुई विकल्प : ओलीको नेतृत्वमा चुनाव वा देउवा नेतृत्वको सरकार काठमाडौँ — झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने निश्चितजस्तै भएपछि आफ्नो शक्ति परीक्षणका लागि संसद् जाने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २७ गते प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा अब संसद्मा विश्वासको मत लिने जानकारी गराएका थिए । त्यसअघि उनले बिहान एमालेका स्थायी कमिटी सदस्यहरू र त्यसपछि राष्ट्रपति भण्डारीसँग यसबारेमा परामर्श गरेका थिए । ‘हामीलाई समर्थन जनाएको माओवादीले कि काम गर्न सक्ने गरी समर्
सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको पत्र प्रचण्डले बुझाएपछी….

सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको पत्र प्रचण्डले बुझाएपछी….

समाचार
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ताको पत्र नेकपा (माओवादी केन्द्र)ले संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेताहरूले बुधबार बुझाएका हुन् । दाहालले पत्रमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको लेखेका छन् । 'ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रूपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्याय सहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्षलाई ध्वस्त बनाएक
ओलीलाई असफल बनाउने माधव नेपाल, प्रचण्ड र देउवा मोर्चा को यस्तो गोप्य दाउ

ओलीलाई असफल बनाउने माधव नेपाल, प्रचण्ड र देउवा मोर्चा को यस्तो गोप्य दाउ

समाचार
काठमाडौं:एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समेत विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी सुरु गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेसँगै नेपाल सहित माओवादी, कांग्रेस र जनतासमाजवादी पार्टीका उपेन्द्र यादव पक्ष मोर्चाबन्दीमा लागेको हो ।ओलीको निर्णयसँगै एमाले नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच गोप्छ छलफल सुरु भएको छ । मंगलबार आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर साँझ नै चारै जना नेताहरुबीच गोप्य भेटवार्ता भएको स्रोतले बताएको छ । कांग्रेसले पदाधिकारी बैठकबाट नै प्रधानमन्त्रीलाई विश्वासको मत लिन असफल गराउने रणनीतिका साथ अगाडी बढ्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले पनि सोही अनुसार अगाडी बढ्ने रणनीति तय गरेको छ । एमालेको खनाल–नेपाल पक्षमा सांसद पदबाट सामुहिक राजीनामा
यस कारणा राष्ट्रपति भण्डारी एक्सनमा प्रस्तुत भएर प्रदेशसभा नै खारेज गर्ने तयारीमा

यस कारणा राष्ट्रपति भण्डारी एक्सनमा प्रस्तुत भएर प्रदेशसभा नै खारेज गर्ने तयारीमा

समाचार
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्तापछि प्रदेशसभा विघटन हुने त हैन भन्ने कतिपयले आशंका गरेका छन्। लुम्बिनी प्रदेशमा गहिरिएको राजनीतिक संकटपछि नेकपा एमालेका सांसदहरुले प्रदेशसभा विघटन हुन सक्ने बताएका छन्। तर संविधानअनुसार प्रदेशसभा विघटन राष्ट्रपतिका लागि सहज छैन। संविधानको धारा २३२ को उपधारा ३ मा कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत राउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेु उल्लेख छ। अहिले माथिका चार वटै अवस्था नरहेकाले राष्ट्रपतिले विघटन गर्ने सम्भावना न्यून छ। राष्ट्रपतिबाट हुने विघटन संघीय संसदको बहुमतबाट अनुमोदन हुनुपर्नेछ। अनुमोदन भएमा त्यस्तो प्रदेशम
भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

समाचार
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसारपछिल्लो चौबीस घण्टामा ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। यसअघि भारतमा गत आइतबार कोरोनाले ३ हजार६ सय ८९ को मृत्यु भएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि अघिल्लो दिन ३ लाख५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो। भारतमा अहिलेसम्म २ करोड ६ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ६९ लाख संक्रमणमुक्त भएकाछन्। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ८८ पुगेको छ। भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजारभन्दा बढी छ। भारतमा पछिल्लो २४ घण्टामा
एसईई र कक्षा १२ को परीक्षाको अन्योल हुदा आयो यस्तो दुखद खबर

एसईई र कक्षा १२ को परीक्षाको अन्योल हुदा आयो यस्तो दुखद खबर

समाचार
काठमाडौँ, २२ वैशाख । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । पुतलीसडकस्थित नारायण गौतमले विद्यार्थीहरु निकै मारमा परेको बताउँदै भन्नुभयो, “कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाइ सुरु गरेका छौँ तर कहिले के कहिले के समस्या देखाएर सबै विद्यार्थीको उपस्थित
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने भएपछी राजधानी छोडेर घर फर्कन चाहनेहरुको लागि खुशीको खबर !

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने भएपछी राजधानी छोडेर घर फर्कन चाहनेहरुको लागि खुशीको खबर !

समाचार
काठमाडौँ छोडेर घर फर्कन चाहनेहरुलाई खुसीको खवर ! काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याइएको हो । मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको छ । त्यसैगरी सञ्चारगृहमा बढीमा ४० प्रतिशत कर्मचारी राखेर मात्र काम गर्न भनिएको छ । साथै सूचना विभागले वितरण गर्ने पासको प्रयोग अनिवार्य गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ । यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ अहिले आइसोलेशनम
error: Content is protected !!