Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

Day: May 11, 2021

खुसीको खबर !! रुसले बनायाे एक डोज लगाए पुग्ने यस्तो  खोप, जुन ५० लाख डोज नेपाल ल्याउने तयारी हुदै

खुसीको खबर !! रुसले बनायाे एक डोज लगाए पुग्ने यस्तो खोप, जुन ५० लाख डोज नेपाल ल्याउने तयारी हुदै

समाचार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन् । उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका छन उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका थिए । रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छन । स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभाबकारी रहेक
चक्रब्यूमा बजेट, बजेट ल्याउने समयमा सरकार परिवर्तन हुने सम्भावना वढे  संगै 2051 साल दोहोरिने स्थिति……

चक्रब्यूमा बजेट, बजेट ल्याउने समयमा सरकार परिवर्तन हुने सम्भावना वढे संगै 2051 साल दोहोरिने स्थिति……

समाचार
काठमाडौँ / सरकार परिवर्तन भइरहने र तोकिएको मितिमा बजेट नआउने भएपछि संविधानमा नै जेठ १५ गते बजेट ल्याउनै पर्ने व्यवस्था गरिएको थियो । सरकार फेर बदल हुने जादाँ बजेट ल्याउने काम असोज कार्तिकसम्म धकेलिन थालेपछि संविधानमा नै जेठ १५ गते बजेट ल्याउनै पर्ने व्यवस्था गरिएको हो । बजेट ल्याउने समयमा सरकार परिवर्तन हुने सम्भावना बढेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनको नेतृत्वको सरकार काम चलाउको अवस्थामा छ । एउटा सरकार काम चलाउन र अर्को सरकार बनिसकेको छैन् । यस्तो तरल राजनीतिक अवस्थामा जेठ १५ गते बजेट ल्याउनै पर्ने वाध्यता छ । जेठ १५ गतेसम्म जो अर्थमन्त्री हुन्छ, त्यसैले बजेट ल्याउनु पर्ने अर्थमन्त्रालयका पूर्व सचिव ले बताए । ‘जेठ १५ गतसम्म अर्थमन्त्री भएर जुन व्यक्ति कुर्सीमा बस्छ, त्यसैले बजेट ल्याउनै पर्छ,’ उनले भने, ‘नयाँ सरकार गठन नभए अहिलेका अ
खनाल-नेपाल समूहले परिस्थिति हेरेर मात्र भावी  सत्तासमीकरणबारे निर्णय गर्ने

खनाल-नेपाल समूहले परिस्थिति हेरेर मात्र भावी सत्तासमीकरणबारे निर्णय गर्ने

समाचार
काठमाडौँ — एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे थप निर्णय लिने भएको छ । मंगलबार खनाल र नेपाल समूहको झण्डै चार घण्टा भर्चुअल छलफलपछि परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो । साथै यो समूहले नयाँ सरकार गठनमा आफूहरुको निर्णायक भूमिका नरहने पनि बताएको छ । परिस्थिति हेरेर स्थायी कमिटी र प्रतिनिधिसभाका सदस्यहरुको छलफलबाट आवश्यक निर्णय लिने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । छलफलमा विश्वासको मतमाथि सोमबार संसद्‍मा भएको मतदानमा अनुपस्थित हुने निर्णयको समीक्षा भएको थियो । भुसालका अनुसार सोमबार संसद्‍मा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नजानु सही निर्णय भएको छलफलको निष्कर्ष छ । ‘हामीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था थिएन । त्यसैअनुसार आइतबार संसद बैठकमा सहभागी नभएर सही निर्णय गरेको हाम्रो
टेकु अस्पतालमा किन भयो? कोरोना परीक्षण स्थगित

टेकु अस्पतालमा किन भयो? कोरोना परीक्षण स्थगित

समाचार
काठमाडौं / शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । कोभिड बिरामीको भर्ना मात्रै लिदैँ आएको सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण रोक्न बाध्य भएको छ । पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । किट नभएका कारण तत्काल पीसीआर परीक्षण बन्द गर्न बाध्य भएको उनले बताए । किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ । साभार : purbeli news
अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध सरकारले लम्ब्यो, कहिलेसम्म पुर्‍याइयो?हेर्नुहोस्।

अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध सरकारले लम्ब्यो, कहिलेसम्म पुर्‍याइयो?हेर्नुहोस्।

समाचार
काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थपिएको छ । १७ जेठसम्म लम्बिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको छ । जानकारी अनुसार यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको थियो । उक्त प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । साभार : purbeli news
मोदी को रोजाइ ओली बा भाजपा नेता

मोदी को रोजाइ ओली बा भाजपा नेता

समाचार
भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका सुब्रमन्यम स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए ।
अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीले गरे यस्तो अपिल हेर्नुहोस् ।

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीले गरे यस्तो अपिल हेर्नुहोस् ।

समाचार
मैले यो लेख्दै गर्दा मेरो मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ । बढ्दै गरेको कोराना संक्रमणको कारण हाम्रा साहसी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, स्वयं सेवक र समग्र स्वास्थ्य सेवामाथि नै अहिले गम्भीर चुनौती थपिएको छ । नेपालको इतिहास कठिनाइ र संघर्षपूर्ण रहँदै आएको छ । तर पनि यो महामारीले हामीलाई अन्तिम सीमामा पुर्‍याएको छ । कोरोना संक्रमितको संख्याले स्वास्थ्य प्रणालीमाथिको दबाब बढाएको छ । आवश्यक परेका बिरामीले अस्पतालमा बेड पाउन सकेका छैनन् । संक्रमणको ग्राफ उकालो लागिरहेको छ र संक्रमण पुष्टि हुने दर पनि बढ्दो क्रममा छ । पछिल्लो केही दिनयता दैनिक करिब आठ हजार नयाँ संक्रमित भेटिइरहेका छन् । यो संख्या करिब तीन करोड जनसंख्या रहेको मुलुकमा निकै धेरै हो । यद्यपि हाम्रो संक्रमितको मृत्युदर भने तुलनात्मक रुपमा कम छ । महामारीको समयमा अहिलेसम्म (लेख्दाको समय) सम्म गुमाएको ३
कोरोनाको कारण नेपालमा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु हुदा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।

कोरोनाको कारण नेपालमा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु हुदा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।

समाचार
२८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।
संसदबाट विश्वासको मत नपाएको व्यक्ति चोर बाटो भएर पुनः प्रधानमन्त्रीमा टाँसिइरहनु हदको पराकाष्ठा हुन्छ । :डा. भीमार्जुन आचार्य

संसदबाट विश्वासको मत नपाएको व्यक्ति चोर बाटो भएर पुनः प्रधानमन्त्रीमा टाँसिइरहनु हदको पराकाष्ठा हुन्छ । :डा. भीमार्जुन आचार्य

समाचार
काठमाडौं संविधानको धारा ७६ को उपधारा २ बमोजिमको यो सरकारले बहुमत गुमाएको अवस्थामा अब यही प्रक्रिया फेरि सुरु हुन्छ भन्न अलि कठिन नै हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको अवस्थामा ७६ (२) कै प्रक्रिया सुरु हुन्छ । तर, प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामाचाहिँ राष्ट्रपतिको निर्णय कुर्नुपर्छ । विश्वासको मत नपाएको अवस्थामा प्रधानमन्त्री पदमुक्त त हुन्छन् । तर, अर्को सरकार नबनेसम्म यिनी नै कामचलाउ प्रधानमन्त्री रहन्छन् । र, त्यसपछि ७६ (३) को सरकारका लागि आह्वान गर्नुपर्छ । तर, ७६ (३) अनुसार सरकार गठन हुँदा पनि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, फेरि ७६ (३) अनुसार विश्वासको मत पाएन भने ७६ (५) मा जानुपर्यो । ७६ (५) मा जाँदा पनि एकपटक ७६ (२) मै फर्कनुपर्ने पनि हुन्छ । त्यो भनेको एकपटक फेरि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुराउन सक्ने अवस्था आएको खण्
सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सम्बन्धि यस्तो निष्कर्ष

सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सम्बन्धि यस्तो निष्कर्ष

समाचार
नेपाली कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा लाग्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको र जसपाले पनि सहयोग गर्ने भन्दै कांग्रेसले नयाँ सरकार बनाउने निर्णय गरेको हो। सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा क्रियाशील रहने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए। राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन दिएको समय अझै रहेकोले पहल गर्ने निर्णय कांग्रेसको भनाइ छ। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन बिहीबारसम्म दलहरूलाई समय दिएकी छन्। नेकपा एमालेभित्रका केही सांसदहरू र जसपाले साथ दिने भएकोले नयाँ सरकार बनाउन सकिने कांग्रेस पदाधिकारी बैठकको निश्कर्ष छ। ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन असफल
error: Content is protected !!