Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 13, 2021

प्रधानमन्त्री पदका लागि कसैको दाबी आएन : राष्ट्रपति कार्यालय

प्रधानमन्त्री पदका लागि कसैको दाबी आएन : राष्ट्रपति कार्यालय

समाचार
काठमाडौँ — राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको जानकारी दिएको छ । बैशख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वान गरिएको तर त्यसमा कुनै नि दाबी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् । भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ । विपक्षी दलहरूसँग बह
सर्लाहीमा गोली चल्यो : बन्दुकसहित एक पक्राउ

सर्लाहीमा गोली चल्यो : बन्दुकसहित एक पक्राउ

समाचार
सर्लाहीको ईश्वरपुर नगरपालिका–४ स्थित सागरनाथ जंगलमा प्रहरी र शिकारी समूहबीच दोहोरो गोलि हानाहान भएको छ । बिहीबार सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा गस्तीमा रहेको प्रहरी र बन्दुकधारी शिकारीहरुबीच गोली हानाहान भएको हो । गोली फायरिङ गरेर प्रहरीले एक जना शिकारी सहित तीन थान भरुवा बन्दूक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त स्थानमा पछिल्लो समय अवैध गतिविधि बढेको आशंकामा प्रहरी को निगरानी बढाएको जिल्ला प्रहरीका एसपीको भनाई थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोली र हतियार धारी शिकारीहरुबीच गोलि हानाहान भएको हो । प्रहरी उपरिक्षक राठौरका अनुसार प्रहरी गस्ती टोलीलाई शंका लागेर जंगलमा पुग्दा चार जनाको समुहमा रहेका हतियारधारी समूहले गोली चलाएको र प्रहरीले जवाफी कारबाही गरेको हो । उनका अनुस
४ जिल्ला बाहेक देश भर पूर्ण तथा आंशिक बन्दबंदी

४ जिल्ला बाहेक देश भर पूर्ण तथा आंशिक बन्दबंदी

समाचार
पातलो बस्ती भएका पहाडी तथा हिमाली जिल्लामा समेत कोरोना संक्रमण बढेको छ । हिमालपारिको जिल्लाका रूपमा चिनिने मुस्ताङमा समेत बिहीबारदेखि निषेधाज्ञा लागू गरिएको छ । मुस्ताङमा आंशिक रूपमा निषेधाज्ञा लागू गरिएको छ । जिल्लाको थासाङ, घरपोझोङ र बारागुङ मुक्तिक्षेत्रमा निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । यस संगै हालसम्म ७३ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ । जसमध्ये पाँचवटा जिल्लामा आंशिक मात्र लागू गरिएको छ । जसमा मुस्ताङसहित सप्तरी, धनकुटा, काभ्रेपलाञ्चोक र ताप्लेजुङ छन् । काभ्रेमा संक्रमण तीव्र भए पनि मुख्य सहर र राजमार्गका आसपासमा मात्र निषेधाज्ञा लागू गरिएको छ । सक्रिय संक्रमितको संख्या न्यून भएकाले चार जिल्लामा भने निषेधाज्ञा लागू गरिएको छैन । जसमा तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्व छन् ।
नेपालमा कोरोनाले पारेकाे असरबारे अमेरिकाले चासो देखायो – सिनेटमा छलफल

नेपालमा कोरोनाले पारेकाे असरबारे अमेरिकाले चासो देखायो – सिनेटमा छलफल

समाचार
अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरबारे छलफल भएको छ । कोभिड– १९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपाललक्षित भएर जिज्ञासा राखेका थिए । उनले नेपालको करिब तीन करोड जनसंख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगबारे चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन् नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको संक्रमण पाइएको बताए । यो दर उच्च भएको उनको टिप्पणी थियो । उनले नेपाललाई अतिरिक्त स
केपी ओली आजै राति प्रधानमन्त्री नियुक्त हुने, देशभर एमाले कार्यकर्तामा खुशीयाली

केपी ओली आजै राति प्रधानमन्त्री नियुक्त हुने, देशभर एमाले कार्यकर्तामा खुशीयाली

समाचार
काठमाडौं – प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् । ​राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो । विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (
माओबादी-कांग्रेस ले बैकल्पिक सरकारको दाबी नगर्ने प्राय निश्चित भएपछी फेरी ओली नै प्रधानमन्त्री हुने पक्का

माओबादी-कांग्रेस ले बैकल्पिक सरकारको दाबी नगर्ने प्राय निश्चित भएपछी फेरी ओली नै प्रधानमन्त्री हुने पक्का

समाचार
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको छ । कांग्रेस, माओवादी केन्द्र र सिंगो जसपा एकठाउँमा उभिएको भए संसदमा एमालेबाहेकका दलको बहुमत पुग्नसक्थ्यो । तर जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा देखिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार विहान भएको भेटमा पनि ठाकुर र महतोले साथ दिन नसक्ने बताए । कांग्रेस–माओवादी नेताहरुको अपेक्षा थियो, एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्छन् । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकु
कतै धेरै अण्डा खाएर मृ’त्युलाई चाँडो निम्तो त दिइरहनु भएको छैन ?पुरापढ्नुहोस् ।

कतै धेरै अण्डा खाएर मृ’त्युलाई चाँडो निम्तो त दिइरहनु भएको छैन ?पुरापढ्नुहोस् ।

समाचार
अण्डालाई प्रोटिनको राम्रो स्रोत भनेर यसलाई दैनिक खान सुझाइन्छ । विशेषगरी, ब्रेकफास्ट (बिहानको खाना) मा । हिन्दीमा एउटा गीत नै छ ‘सन्डे हो या मन्डे, रोज खाओ अण्डे’ तर अण्डा खानु स्वास्थ्यका लागि ठिक छ कि बेठिक भनेर विज्ञहरुले वर्षौंदेखि अनुसन्धान गर्दै आएका छन् । एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार दिनमा दुईवटा मात्रै पनि अण्डा खाँदा यसले मुटुलाई हा’नी पुर्याउने र उमेर नपुग्दै मृ’त्यु हुने बताएको छ । अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले यस्तो खतरा देखिएको हो । एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो । उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको ६वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो । अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय
रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रने छु : भीम रावल

रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रने छु : भीम रावल

समाचार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्पमा नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन कांग्रेसकै चुनाव चिन्ह दिएर जिताउने प्रतिवद्धता जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल समुहका नेताहरुसँग यस्तो प्रस्ताव राखेका हुन । ?केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार भएमा उपनिर्वाचनमा कांग्रेसको चुनाव चिन्हमा उम्मेद्वार बनाएर जिताउने हामीले बचन दिएका छौं, देउवा निकट एक नेताले भने । कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाइसकेको कांग्रेसले माधव समुहका सांसदहरुले राजीनामा दिए
एमाले स्थायी कमिटी बैठक प्रधानमन्त्री निवासमा जारी

एमाले स्थायी कमिटी बैठक प्रधानमन्त्री निवासमा जारी

समाचार
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । संसद्को विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सरकार गठनका विकल्पबारे छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिपछिको समीक्षा र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिन लागेको एक स्थायी कमिटी सदस्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सांझा ९ बजे सम्म मा गठबन्धन सरकार निर्माण को लागि समय सिमा दिएकोले सो बिषय मा पनि छलफल हुने अनुमान गरिएको छ।
गठबन्धन सरकार बन्ने  अनिश्चिता कायमै

गठबन्धन सरकार बन्ने अनिश्चिता कायमै

समाचार
काठमाडौँ — जनता समाजवादी पार्टीको पूर्ण समर्थन नहुने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन एमालेका झलनाथ र माधवकुमार पक्षको भर परेका छन् । खनाल–नेपाल पक्षका कम्तीमा २० सांसदले राजीनामा दिए मात्र देउवाको नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्ने ढोका खुल्छ । सरकार गठनका विषयमा कांग्रेस सभापति देउवासँग छलफल गर्न नेता नेपाल भीम रावलका साथ मंगलबार राति बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार नेपालले बिहीबारसम्म सामूहिक राजीनामा आउने भन्दै आश्वस्त बनाएका थिए । ‘जसपाका अध्यक्ष महन्थ ठाकुरजीलाई मनाउन सकिन्छ कि भनेर लागेका थियौं, उहाँहरू नआउने करिब निश्चित भएपछि माधवजीहरूले राजीनामा दिन्छौं भन्नुभएको छ,’ देउवानिकट स्रोतले भन्यो, ‘उहाँहरूको राजीनामा आयो भने देउबाको नेक्त्रित्य्वमा गठबन्धनको सरकार बन्छ । देउवालाई सुरुमा ठाकुर पक्षले पनि साथ दिन्छ भन्ने विश्
error: Content is protected !!