Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 14, 2021

पूर्वमाओबादीबाट आएर आफुलाई साथ दिनेलाई कुन स्थान दिने भन्ने बारेमा छलफल गर्दै ओली,कस्ले कुन मन्त्री पद पाउदै छन्?

पूर्वमाओबादीबाट आएर आफुलाई साथ दिनेलाई कुन स्थान दिने भन्ने बारेमा छलफल गर्दै ओली,कस्ले कुन मन्त्री पद पाउदै छन्?

समाचार
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्रीका रुपमा ओलीलाई नियुक्त गरेको भएपनि अन्य मन्त्रीको पद भने गुमेको छ । गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि विहिवार बेलुकी ९ बजेसम्म दिएको समयमा अन्य दलले वहुमत देखाउन नसकेपछि ओली पुन प्रधानमन्त्री बनेका हुन् । संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूहले सहयोग नगर्दा विपक्षी गठबन्धनको बहुमतीय सरकार बन्न असफल भएको हो । जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभाप
यस्तो बन्दै छ फेरि ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद्, को को बन्लान मन्त्री ? पूरा हेर्नुहोस् ।

यस्तो बन्दै छ फेरि ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद्, को को बन्लान मन्त्री ? पूरा हेर्नुहोस् ।

समाचार
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लाग्नुभएको हो । उहाँले सपथ लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद्को विषयमा प्रधानमन्त्रीले कुनै निर्णय लिनुभएको छैन् । विभिन्न सञ्चारमाध्यममा जसपा र पार्टी भित्रको माधवकुमार नेपाल समूहका नेतालाइ पनि आजै मन्त्री बनाउने भन्ने समाचारहरू प्रकाशित भएपनि त्यसमा कुनै सत्यता नरहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री अहिले नजिकका नेताहरूसँगको छलफलमा रहनुभएको छ । पार्टी भित्रको आन्तरिक विवादको हलको क्रममा रहेको माधवकुमार नेपाल समूहले पार्टीभित्रको कुरा पूरै नमिले सरकारमा सहभागी जनाउने अवस्था र जसपाले तत्काल सत
चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाको खोप अरु भन्दा यस कारण प्रभावकारी अध्ययनपछि पुष्टि

चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाको खोप अरु भन्दा यस कारण प्रभावकारी अध्ययनपछि पुष्टि

समाचार
३० वैशाख, काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अहिले इन्डोनेशियाका स्वास्थ्यकर्मीहरूले लगाइरहेका छन् । उनीहरूमा केही विवादसमेत देखिए पनि चिनियाँ खोपबारे क्लिनिकल परीक्षणको तुलनामा निकै राम्रो नतिजा देखिएको छ । यसले चिनियाँ खोपको पर्खाइमा रहेका मुलुकका नागरिक उत्साहित बनेका छन् । चिनियाँ खोप क्लिनिकल परीक्षणको क्रममा पश्चिमा मुलुकको कोरोना खोपभन्दा निकै कम प्रभावकारी देखिएको थियो । इन्डोनेशियाको राजधानी शहर जकार्तामा गत जनवरीदेखि मार्चसम्मको अवधिमा एक लाख २८ हजारभन्दा धेरै चिनियाँ खोप लगाएका मानिसमा नियमित अध्ययन गरिएको थियो । सो अध्ययनका क्रममा सिनोभ्याक खोपको दोस्रो डोज लगाएको ७ दिनपछि खोपले ९८ प्रतिशतलाई कोरोना संक्रमण र ९६ प्रतिशतलाई अस्पतालमा भर्ना हुनबाट बचाउने गरेको पाइएको थियो । बुधबार इन्डोनेशियाको स्वास्थ्य मन
प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, आज २ बजे शपथ लिने

प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, आज २ बजे शपथ लिने

समाचार
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । 'राष्ट्रपतिज्यूले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको हो,' प्रवक्ता तथा सहसचिव भट्टराईले भने । ओलीलाई शुक्रबार शपथ दिउँसो गराउने तयारी भइ
error: Content is protected !!