Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 17, 2021

संकटकाल लगाउने बारे मन्त्रिपरिषदमा छलफल

संकटकाल लगाउने बारे मन्त्रिपरिषदमा छलफल

समाचार
कोभिड– १९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य संकटकाल प्रस्तावमाथि मन्त्रिपरिषदमा छलफल भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य संकटकाल, संक्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य प्रणाली, खोप र स्वास्थ्य सामग्री खरिद, एकद्वार प्रणालीबाट सूचना संकलन, प्रवाह र कार्यान्वयनमा केन्द्रित छलफल भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार स्वास्थ्य संकटकाल अर्थात् आपतकाल र संक्रामक रोग ऐन संशोधनका विषयमा स्वास्थ्य मन्त्रलय र कानुन मन्त्रालयलाई थप गृहकार्य गर्न भनिएको छ । मन्त्रिपरिषद्ले ऐन संशोधनका लागि यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको थियो। एक अर्का मन्त्रीका अनुसार बैठकमा द्रुत रूपमा सेना परिचालनसम्बन्धी पनि छलफल भएको थियो। कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको एकीकृ
सर्वोच्च द्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी

सर्वोच्च द्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी

समाचार
काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमण नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले ७ दिनभित्र कार्ययोजना ल्याउन मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चिततालगायतका विषय सम्बोधन गरी ७ दिनभित्र कार्ययोजना ल्याउन भनिएको छ । त्यस्तै, कार्ययोजनामा अक्सिजन र उपचार अभावमा संक्रमितको मृत्यु नहुने अवस्था र गम्भीर अवस्थाका संक्रमितका लागि आईसीयू वा भेन्टिलेटर उपलब्धता सुनिश्चित गर्न क्वीक रेस्पोन्स टिम गठन गर्ने विषय समेट्न उल्लेख गरिएको छ । त्यस्तै, सर्वोच्चले संक्रमितको उपचारमा सहज र समान पहुँच सुनिश्चित गर्न, प्रदेश र स्थानीय तहमा पनि उपचार हुने पूर्वाधार तयार गर्न तथा सबै जनतालाई कोरोनाविरुद्धको भ्या
प्रिमिएर लिग- २ खेल बाँकी हुँदै उपाधि म्यानचेस्टर सिटीको पोल्टामा

प्रिमिएर लिग- २ खेल बाँकी हुँदै उपाधि म्यानचेस्टर सिटीको पोल्टामा

समाचार
फुटबलको माह संग्राम विश्व कप पछी को सबै भन्दा रुचाइने इंग्लिश प्रिमिएर लिग अन्तर्गत यो सिजनको उपाधि होडमा म्यानचेस्टर सिटीले २ खेल बाँकी रहदानै उपाधि जित्ने निश्चित भैसकेको छ। म्यानचेस्टर सिटीले हालसम्म खेलेको ३६ खेलमा २६ जित, ५ बराबरी तथा ५ खेलमा हार व्यहोरेर अंक तलिकमा ८३ अंक सहीत पहिलो स्थानमा रहेको छ। यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले भने ३६ खेलमा २० जित, १० बराबरी तथा ६ खेल गुमाउदै ७० अंकको योगफल तयार परेको छ। यो खेल सिजनको प्रमुख दाबेदार मानिएका लेस्टर सिटी, चेल्सी, लिभरपुल तथा टोटेन्ह्यम्स भने आगामी सिजनको UEFA च्याम्पियन्स लिगमा छनोट हुनको लागि जारी सिजनको तालिकामा शिर्ष ४ मा आफुलाई पर्ने दौड मा छन्। यही MAY महिनाको ३० तारिक मा शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी र हाल चौथो स्थानमा रहेको चेल्सी च्याम्पियन्स लिगको फाइनल खेल खेदैछ। यो सिजनको उपाधि दौडमा FA कप फ
ला लिगा : बार्सिलोना उपाधि होडबाट बाहिरियो

ला लिगा : बार्सिलोना उपाधि होडबाट बाहिरियो

समाचार
एजेन्सी । ला लिगामा एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ भने बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ । गएराति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २-१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो । खेलमा १-० गोलले पछि पारेको स्थिति उल्टाउँदै जित एट्लेटिकोले जित निकाल्न सफल भयो । एट्लेटिकोलाई जित पुनरागमन जित दिलाउनको लागि लोडि डोस सान्तो र लुइस सुआरेजले समान एक/एक गोल गरे । ओसासुनको लागि बुदिमिरले गोल गरेका थिए । खेलको ७५ मिनेटमा बुदिमिरले गर्दै ओसासुनलाई अग्रता दिएका थिए । ८२ मिनेमा एट्लेटिकोको सान्तोले बराबरी गोल फर्काए । खेल सकिन दुई मिनेट बाँकी छँदा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए । यता बार्सिलोना भने अग्रता जोगाउन नसक्दा सेल्टा डि भिगोसँग पराजित भयो । नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई हराउन सान्टी मिनाले दुई गोल गरे । बार्सिलोनाका लागि कप्त
खेलकुद महासंघको राष्ट्रिय अभियानलाई जारी

खेलकुद महासंघको राष्ट्रिय अभियानलाई जारी

समाचार
नेपाल खेलकुद महासंघले कोभिड-१९ बिरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । सोहि अभियान अन्तरगत अघिल्लो मोर्चामा खटिने बिशेष गरि सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रिय स्थाई कमिटि सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरीको संस्थालाई स्वास्थ्य सामाग्री मास्क, सेनेटाईजर, सावुन, फेससिल्ड प्रधान गरेको हो । खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा स्थाई कमिटि सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प कार्कीको संयोजकत्वमा प्रदेश सह संयोजक भेष कार्की, सचिवालय सदस्य उमेश सुवेदी, केन्द्रि सदस्यहरु ईश्वर बिक्रम शाह र गौरव जङ्ग राणाको उपस्थितीमा सुनसरीका विभिन्न ७ पुलिस कार्यालयलाई सामाग्री बितरण गरिएको हो । उक्त टोलीले पकली थानालाई १ हजार थान मास्क,
बन्यो कोरोनाको ‘खाने औषधि’ हेर्नुहोस।

बन्यो कोरोनाको ‘खाने औषधि’ हेर्नुहोस।

समाचार
कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२-डीजी’ आज  लन्च (शुभारम्भ) गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले  उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएकाे हाे । याे औषधि काेराेनािविरूद्ध खाेपकाे सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएकाे छ । नवभारत टाइम्सका अनुसार शुभारम्भछि एक-दुई दिनमै कोरोना संक्रमित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ । कोसिड- १९  काे मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपत
नेपाली सेनाद्वारा २१.१७ टन फोहोर सङ्कलन

नेपाली सेनाद्वारा २१.१७ टन फोहोर सङ्कलन

समाचार
नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लाम लगायतका हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ । यस टोलीमा अनुभवी शेर्पाहरू सहयोगीको रूपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरू रहेका छन् । यस अभियान औपचारिक रूपमा १३, अप्रिल २०२१ मा सुरू भयो र हाल सम्म ६ वटा हिमालयहरुबाट २१.१६७ टन फोहोर संकलन गरिएको छ । जसमा १८६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९,२९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरु समावेश रहेका छन् । टोलीले सङ्कलन गरेको फोहोरहरूमा खारेज गरिएको अक्सिजन ट्याङक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रानिक फोहोरहरू समावेश रहेका छन् । यस बाहेक पहिला दुर्घटना भएको ९ एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरूबाट पर्वतारोह
भयो घोषणा कोरोनाको खोप लगाउँदा आकर्षक उपहार

भयो घोषणा कोरोनाको खोप लगाउँदा आकर्षक उपहार

समाचार
कोरोना भाइरसबाट बच्ने धेरै उपाय छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संक्रमितबाट बच्न सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने तथा नियमित रूपमा हात धुने जस्ता प्रोटोकल बनाएको छ । यसबीच, पछिल्लो समय खोप कोरोनाविरुद्ध लड्ने मुख्य हतियारझैँ बनेको छ । विश्वभरि नै विभिन्न कम्पनीका खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । खोप लगाएपछि संक्रमित संख्या घट्ने विश्वास गरिएको थियो । यद्यपि, खोप कार्यक्रम भइरहे पनि पछिल्लो समय संक्रमित संख्या निकै बढिरहेको छ । पुनः एकपटक विश्वमै कोरोना भाइरसले आतंक मच्चाएको छ । कोरोनाको दोस्रो र तेस्रो लहर नियन्त्रण गर्न विभिन्न देशले खोप लगाउने व्यक्तिलाई आकर्षित पार्ने योजना सार्वजनिक गरिरहेका छन् । भारतको राजधानी नयाँदिल्लीमा खोप लगाउने व्यक्तिले वार्षिक पाँच प्रतिशत कर छुट पाउनेछन् । यसैगरी, गुजरातको मोरबी जिल्लाले स्वर्ण योजना ल्याएको छ
चिहान उठ्यो, तर रंगशाला बनेन किन ?

चिहान उठ्यो, तर रंगशाला बनेन किन ?

समाचार
२०६७ मा झापाको पाडाजुँगीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भन्दै नौ सय बढी आदिवासी जनजातिको चिहान भत्काइयो । आदिवासी जनजातिको समाधिस्थल भत्काएबापतको क्षति राज्यले रंगशालाको नाम आदिवासी रंगशाला राख्ने सहमति गर्यो। तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले रंगशालाको २०६७ वैशाखमा शिलान्यास गरेकी थिइन। तर, अहिले राज्यले आदिवासी जनजातिमाथि घात गरेको छ । नौ सय बढी चिहान भत्काएर बनाउन सुरु गरेको रंगशाला बीचमै अलपत्र बनाएर यही रंगशालालाई प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा बनाउने भएको छ । रंगशाला दमकमा सार्नुको एक मात्र कारण हो नाममा विवाद । आदिवासी जनजातिको चिहान उत्खनन् गर्दैगर्दा आदिवासी रंगशालाको नाममा सहमति जुट्यो । केही वर्ष आदिवासी रंगशालाको नाममा बजेट विनियोजन भयो र रंगशाला सम्याउने, घेराबारा र प्याराफिटको निर्माणको केही काम भयो 
कोरोना रोकथाम तथा उपचारका लागि सरकारले यति धेरै छुट्यायो बजेट

कोरोना रोकथाम तथा उपचारका लागि सरकारले यति धेरै छुट्यायो बजेट

समाचार
अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि सवा ४ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ । मन्त्रालयले अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ सुनिश्चित गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरूप केन्द्रीय तथा प्रादेशिक अस्पतालहरूमा स्वास्थ्य पूर्वाधार स्थापना तथा उपकरण खरिदका लागि बजेट सुनिश्चित गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै, केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने
error: Content is protected !!