Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 18, 2021

‘भारतीय डबल म्यूटेन्ट’ कोरोना नेपालमा

‘भारतीय डबल म्यूटेन्ट’ कोरोना नेपालमा

समाचार
काठमाडौँ — नेपालमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनामध्ये अधिकांश रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयले ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको भारतको सीएसआईआर– इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । त्यहाँ गरिएको परीक्षण पछि नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनस्थित उच्च स्रोतका अनुसार पनि नेपाल
दुखद खबर : अाज मात्र यति धेरैमा भेटियो कोरोना संक्र’मण

दुखद खबर : अाज मात्र यति धेरैमा भेटियो कोरोना संक्र’मण

समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोग'शालामा गरिएको २० हजार २८६ जनाको पीसी'आर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरो'ना पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा को'रोना सं'क्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । यस अघि हिजो नेपालमा ९ हजार २४७ जनामा को'रोना भाइर'सको संक्र'मण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्र'मणबाट मृ'त्यु थप १५ जनाको मृ'त्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृ'त्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा को'रोनाबाट मृ'त्यु हुनेको सङ्ख्या घटेको छ । सोमबार २४ जनाको मृ'त्यु भएकोमा आज मङ्गलवार घटेर १५ जनाको मृ'त्यु भएको हो । मृत्यु हुनेमध्ये आज सबैभन्दा धेरै बागलुङका चार जना छन् । यस्तै, मुस्त
कोरोनाको औषधि सार्वजनिक गर्दै भारतीय रक्षामन्त्री यसरी प्रयोग गर्ने,पूरा पढ्नुहोस् ।

कोरोनाको औषधि सार्वजनिक गर्दै भारतीय रक्षामन्त्री यसरी प्रयोग गर्ने,पूरा पढ्नुहोस् ।

समाचार
४ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरे । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डिसीसीआई) ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो । पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ ।  कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई अक्सिजनमाथिको निर्भरतामा कमी ल्याउन सघाउने भनिएको यो औषधि खुला बजारमा भने उपलब्ध भइसकेको छैन । औषधिको विकास भारतको नयाँदिल्लीस्थित इन्स्टिच्यूट अफ न्युक्लिएर मेडिसिन एण्ड अलाइड साइन्सेस (आइएनएमएएस) ले टु–डिजी औषधिको विकास गरेको हो । हैदरावादस्थित डाक्टर रेड्डीज ल्याबोरेटरिज कम्पनीसँगको सहकार्यमा प्रत
सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

समाचार
काठमाडौँ — सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि चुनौती दिई परेको निवेदनमाथि अन्तरिम आदेश दिन अस्विकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । तर निवेदनलाई भने अग्राधिकार दिन आदेश दिएको छ । ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शपथको व्यहोराअनुसार शपथ लिएका थिएनन् । उनले राष्ट्रपतिले भनेको शब्द उच्चारण गर्न नमानी 'त्यो पर्दैन' भनेका थिए । प्रधानमन्त्रीको उक्त क्रियाकलापले संविधानको उल्लंघन भएको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पुगेको भन्दै सर्वोच्च अदालतमा सोमबार ४ रिट निवेदन परेका थिए । जसमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी ब
सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

समाचार
काठमाडौं । मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो । बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको बताएका छन् । मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

समाचार
सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा-६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।   उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।     साभार
गाउँभरिका मान्छे लाई ज्वरो, परीक्षणमा  अधिकांशमा कोरोना ङ्क्रमण

गाउँभरिका मान्छे लाई ज्वरो, परीक्षणमा अधिकांशमा कोरोना ङ्क्रमण

समाचार
गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो । आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउनुपर्ने आवश्यकता छ”, स्थानीयवासी दिलकुमार खुदाङले भन्नुभयो
कोरोनाले उपमेयरको निधन

कोरोनाले उपमेयरको निधन

समाचार
कोरोना संक्रमणका कारण सप्तरीमा सोमबारयता आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरी पनि छिन् । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् । सप्तकोसी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवतीसमेत थिइन् । उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए । ‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचार
ढिलो विवाह गर्नुको परिणाम हुन्छ यस्तो । पूरा हेर्नुहोस्।

ढिलो विवाह गर्नुको परिणाम हुन्छ यस्तो । पूरा हेर्नुहोस्।

समाचार
पछिल्लो समय ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसको कारणलाई हेर्दा अत्यन्तै व्यस्त जीवन, करियरको चि न्ता, व्यावसायिक उचाइमा पुग्ने ध्येय, विदेश जाने सोच आदि प्रमुख देखिन्छन् । सेलिब्रेटी मात्र नभई विभिन्न पेसामा आबद्ध व्यवसायीहरू पनि केही वर्षयता ढिलो विवाह गर्ने पंक्तिमा देखिन्छन् । ढिलो विवाह गर्दाका असर र प्रभाव के–कस्ता छन् ? यस पटकको बहसमा विभिन्न क्षेत्रका महिलाको धारणा : डा. मञ्जु मिश्र संस्थापक प्रिन्सिपल कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन उमेरमै विवाह गर्नु उत्तम हुन्छ । जतिबेला शरीरमा बल, मनमा उत्साह र जाँगर तरोताजा हुन्छ त्यतिबेला हरेक कामका लागि आँट पनि आउँछ । उमेरमै बालबच्चा जन्माउँदा बेलैमा हुर्किन्छन् र समयमै फेमिली सेटल हुन्छ । मानसिक रूपमा पनि स्वतन्त्र महसुस गरिन्छ जसले आफूलाई शारी रिक एवं मा नसिक रूपमा स्वस्थ अनि सुन्दर बनाउँछ । करियरको चिन्ताले ढिलो विवाह गर्नु ग
error: Content is protected !!