Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 19, 2021

निषेधाज्ञामा कर नतिरे पनि जरिवाना नगर्नु –  सर्वोच्चको

निषेधाज्ञामा कर नतिरे पनि जरिवाना नगर्नु – सर्वोच्चको

समाचार
काठमाडौँ — सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र लकडाउनका क्रममा करदाताले कर नतिरे जरिवाना नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मिरा खड्काको इजलासले बुधबार त्यस्तो आदेश जारी गरेको हो । कोरोना संक्रमणको महामारीका कारण लागेको निषेधाज्ञा र लकडाउनका कारण करदाताले कर तिर्न सक्ने अवस्था नरहेको र यस्तो अवस्थामा पनि आन्तरिक राजस्व विभागले समयमा कर नतिर्नेलाई जरिवाना गरेको देखिन आएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । यस्तो अवस्थामा केही अपवादबाहेक राज्यलाई साविकमा समयमै विवरण र कर दाखिला गर्दै आएका करदातालाई आजको असहज परिस्थितिमा आइपरेका व्यवहारिक समस्याहरूसमेत विचार गरी न्यायोचित सुविधा दिनुबाट राज्य पन्छिनु वाञ्छनीय देखिँदैन । यस दृष्टिकोणबाट हेर्दा आन्तरिक राजस्व विभागको सूचनामा उल्लेख भएको समयावधिले करदातालाई सुविधा दिएको भन
कोरोना उपचार मा प्रयोग हुने औषधी अब नेपालमै उत्पादन

कोरोना उपचार मा प्रयोग हुने औषधी अब नेपालमै उत्पादन

समाचार
काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु नै भइसकेको जानकारी दिए । उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने महासचिव अधिकारीले जानकारी दिए । कोरोना संक्रमण बढेसँगै नेपालमा यसको माग उच्च छ । तर माग अनुसारको आपूर्तिमा भने सहज छैन । भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको महासचिव
नेपाल मा देखियो तेस्रो भेरियण्ट

नेपाल मा देखियो तेस्रो भेरियण्ट

समाचार
काठमाडौं । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गत हप्ता कोभिड–१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विेन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बी. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बी.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार नेपालमा तेस्रो भेरियन्ट रहेको पुष्टि गरिसकेको छ । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए । ‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्
माओवादी केन्द्रको अध्यक्षबाट प्रचण्डलाई यस कारण विश्राम गर्नु भन्दै खोले यस्तो कर्तुत : कार्यकर्ता

माओवादी केन्द्रको अध्यक्षबाट प्रचण्डलाई यस कारण विश्राम गर्नु भन्दै खोले यस्तो कर्तुत : कार्यकर्ता

समाचार
काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे। उनले पार्टीको अघिल्लो पुस्ताले हार्दिकतापूर्वक र स-सम्मान वैचारिक अभिभावकत्वसहितको नेतृत्व लिएर कार्यकारी जिम्मेवारीबाट बिदाइ लिने बेला भएको उल्लेख गरेका छन्। सहयात्रीजस्ता माओवादीका सयौं कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीबारे टिप्पणी लेखेका छन्। कतिले विगतको तीखो आलोचान गरेका छन् भने कतिले आउने दिनमा माओवादीले संगठन सुदृढ गर्न दृढतापूर्वक लाग्नुपर्ने सुझाएका छन्। नेतृत्वले आफ्नो वर्गीय धरातल बिर्सिएर बुर्जुवासँग काँध जोडेको र सत्ता गठबन्धनमा धेरै समय र उर्जा खर्च गरेकाले पार्टी कमजोर भएको टिप्पणी पनि उनीहरूले गरेका छन्। नेकपा टुक्रिएर एमाले र माओवादी केन्द्र अलग हुन्छन् भन्ने माओवादी नेतृत्वले कल्पना पनि गरेको थिएन। ओलीविरूद्धको मोर्चामा नेकपाभित्र माधवकुमार नेपाल,
दुखद खबर : आज फेरि कोरोनाबाट अहिले सम्मकै धेरै जनाको मृत्यु

दुखद खबर : आज फेरि कोरोनाबाट अहिले सम्मकै धेरै जनाको मृत्यु

समाचार
काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । साभार : ekantipur
कुखुराको मूल्य प्रतिकिलो अहिलेसम्मकै कम मूल्यलमा झर्याे, मारमा किसान ! कतिमा पाइन्छ? पुरा हेर्नुहोस्।

कुखुराको मूल्य प्रतिकिलो अहिलेसम्मकै कम मूल्यलमा झर्याे, मारमा किसान ! कतिमा पाइन्छ? पुरा हेर्नुहोस्।

समाचार
ब्वयलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ। उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो। नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रु ११० हाराहारीमा बिक्री हुने गरेको छ। जसको लागत मूल्य प्रतिकिलो रु २०५ रहेको उनको भनाइ छ। कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रु ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन्।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला ** तयारी मासु प्रतिकिलो रु १७५ मा समेत बिक्री हुने गरेको छ। चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ। धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन्। पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन
एमाले एकता प्रयास पनि फेरी धरापमा ! ओलीले नेपाललाई यस्तो प्रस्ताव राख्दै प्रष्ट भने, पुरा नभए ‘च्याप्टर क्लोज’

एमाले एकता प्रयास पनि फेरी धरापमा ! ओलीले नेपाललाई यस्तो प्रस्ताव राख्दै प्रष्ट भने, पुरा नभए ‘च्याप्टर क्लोज’

समाचार
काठमाडौं । नेकपा एमालेको विवाद मिलाउने प्रयास फेरी कमजोर हुने देखिएको छ । फुटको संघारमा पुगेको एमालेलाई मिलाउन भन्दै अहिले विभिन्न तहमा वार्ता र छलफल जारी छ । यसैबीचमा राष्ट्रियसभा निर्वाचन संघारमा आएको छ । प्रधानमन्त्री ओलीले एमालेले उठाएका उम्मेद्वार रामबहादुर थापा, बादल पराजीत भए एमालेभित्र जारी एकता प्रक्रियाको च्याप्टर क्लोज हुने प्रष्ट सन्देश दिएका छन् । पार्टीभित्रको बिवाद समाधान गर्न कार्यदल गठन गरी छलफल अघि बढिरहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले वादललाई भोट दिन नसक्ने विज्ञप्ती जारी गरेको छ । मंगलवार नै नेपालको सचिवालयवाट यस्तो वक्तब्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको हो । नेपालका पक्षवाट यस्तो वक्तब्य आएपछि ओलीले वुधवार एक विज्ञप्ती जारी गर्दै वादललाई भोट दिन सबैलाई अपिल गरेका छन् । नेपाल निकट बागमति प्रदेशका नेताहरु पार्टी उम्मेद्वार थापालाई हराउन माओवादी र
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

समाचार
५ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आगामी केहि दिन भारी वर्षा सहीत बाढीको उच्च जोखिम

आगामी केहि दिन भारी वर्षा सहीत बाढीको उच्च जोखिम

समाचार
पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको गुजरात आसपासमा रहेको चक्रवात 'ताउ-ते'को प्रभाव कारण अहिले मुलुकका केही भागमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू-भागको एक /दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/
अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारी, कहिलेदेखि खुल्छ ? हेर्नुहोस्

अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारी, कहिलेदेखि खुल्छ ? हेर्नुहोस्

समाचार
काठमाण्डौ- आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ, तर यो कुरा मन्त्रालयले मात्र निर्णय गरेर हुने चाहिँ होइन ।’नेपालमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिएपछि सरकारले गएको वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोकेको लगाएको हो । तर उडान लामो समय रोकिँदा विभिन्न देशमा नेपाली नागरिकहरू अलपत्र परेका छन् । देश अनुसार हप्तामा केही उडान भएमा पनि टिकट
error: Content is protected !!