Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 20, 2021

फेरी संसद विघटनको खेल सुरु ? संबिधान बिज्ञ तथा प्रतिपक्षदल।

फेरी संसद विघटनको खेल सुरु ? संबिधान बिज्ञ तथा प्रतिपक्षदल।

समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान भएको छ । बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीबाट आह्वान भएको हो । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिने निर्णय लिँदै वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरेपछि राष्ट्रपतिबाट  नयाँ सरकार गठनका लागि आह्वान भएको हो । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको समय दिएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा दलहरुलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ । यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिस
हेर्नुहोस “कोरोना  खोप” टुरिजम शुरु गर्यो रुसले

हेर्नुहोस “कोरोना खोप” टुरिजम शुरु गर्यो रुसले

समाचार
विश्व भर में कोरोना विरुद्धको खोप आवश्यक भैरहेको बेलामा कोरोना भाइरस बिरुद्धको खोप लगाउन छिमेकी मुलुक भारतका नागरिक पर्यटन बनेर रुस जाने लहर सुरु हुन थालेको छ। भारतीय संचार मध्यम हरूलाई आधार मान्ने हो भने, "स्पुतानिक-भी" खोप लगाउन सहज रुपमै पाइने भएपछी कयन भारतीय नागरिक हरु सुरु जान सुरु गरेका छन् पर्यटनका रुप मा। नयादिल्ली स्थित केहि भारतीय ट्राभल एजेन्सीले त रुस भ्रमणको प्याकेजनै घोषणा गरेका छन्, सो ट्राभल एजेन्सी हरुले १ लाख ३० - ४० हजार भारतीय रुपैयामा २४ दिन रुस भ्रमण गराउने गरेको छ। सो २४ दिनको मुख्य उदेश्य भनेकै "स्पुतानिक-भी" खोप लगाउनु नै रहेको जनाइएको छ, २१ दिन मस्कोमा बस्न पाइने र बाकी रकेको दिन सेन्टपिटरबर्ग मा बस्नु पर्ने छ, सो समयमा "स्पुतानिक-भी" खोप २ डोज लगाउने र मस्को र सेन्टपिटरबर्ग को विभिन्न ठाउको अबलोकन गर्न पाइने छ। सो ट्राभल एजेन्सीले हाल सम्म धेरै टोलि पठाइ
ओली ले सरकारको नेतृत्व छोड्ने।

ओली ले सरकारको नेतृत्व छोड्ने।

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत नलिने र संविधनको धारा ७६ को उपाधारा (५) अनुसार सरकार अगाडि बढने बताएका हुन्। वैशाख ३० गते बहुमतको सरकारका लागि विपक्षी गठबन्धनको दाबी नपरेपछि संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले एक महिनाभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। यसअघि बजेट भाषणा अगाडि नै विश्वासको मत लिने बताएका ओलीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार अगाडि बढ्ने निर्णय गरेका हुन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार सरकारले विश्वासको मत प्राप्त गर्ने आधार नभएकाले ओलीले मार्ग प्रशस्त गर्ने निर्णय लिएका हुन्। ‘संसद्‍को अहिलेकै संरचनाबाट विश्वासको मत प्राप्त हुने आधार नभएकाले धारा ७६ को उपधारा (५) बमोजिम सरकार गठनका लागि
महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन अपील

महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन अपील

समाचार
दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी गर्दै जलविद्युत परियोजनाले लगातारको वर्षाका कारण नदीमा पानीको मात्रा बढेकाले बाँधको पानी खाली गर्न ढोका खोलिने जानकारी आएकाले सर्तकता अपनाउन भनेको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन भनिएको छ । दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार
माधव नेपालका प्रतिदोन्धि लखिन्द्र कवाडी उठाउँछन् किन यस्तो हेर्नुहोस।

माधव नेपालका प्रतिदोन्धि लखिन्द्र कवाडी उठाउँछन् किन यस्तो हेर्नुहोस।

समाचार
राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय भेदभाव, छुवाछुत समाजको मैलो हो, यसलाई उखेल्न राजनीति गर्नुपर्छ भन्ने उनलाई लाग्थ्यो। आफूभित्रको विद्रोही चेत र भर्भराउँदो जोस लिएर समाज सफा गर्ने नियतका साथ उनी एकदिन झ्याम्मै राजनीतिमा होमिएका थिए। त्यसअघि उनले धेमरैथरि काम गरिसकेका थिए। २०५० सालमा एसएलसी पास गरेपछि लखिन्द्रले एक इँट्टा उद्योगमा लेखापढीको जागिर पाएका थिए। काम म्यानेजरको थियो, तलब मासिक छ सयमात्रै। केही समय काम गरेपछि उनले ग्रामीण जनस्वास्थ्य कर्याकर्ताको अस्थायी जागिर पाए। तर त्यो जागिर खान उनलाई भोजपुर पुग्नुपर्‍यो। तलब २ हजार दुई सय थियो। त्यति पर पुगेर खाएको जागिर धेरै समय टिकेन, उनी ६ महिनामै त्यो जागिरबाट बिदा भए। उनले छ महिनामै पनि धेरैथरि कुरा सिक्
उपनिर्वाचनको नतिजा प्रति एमाले गम्भीर

उपनिर्वाचनको नतिजा प्रति एमाले गम्भीर

समाचार
नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ विरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्ध सरकारले गरिरहेका प्रयासका सम्बन्धमा बैठकलाई जानकारी गराउनुभयो र बैठकले सरकारका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले महामारीविरुद्ध बाह्य स
बादललाई एकै दिन दुई झड्का कसले गर्यो घात

बादललाई एकै दिन दुई झड्का कसले गर्यो घात

समाचार
नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई तीन घन्टाको अन्तरालमा दुई झड्का लागेको छ । यी दुई झड्काले उनको वर्तमान सरकारमा रहने ढोका पूर्ण रुपमा बन्द भएको छ । पहिलो झड्का अपरान्हतिर लाग्यो । सर्वोच्च अदालतको अन्तरिम आदेशले उनलाई स्वतः गृहमन्त्रीबाट पदमुक्त गरिदियो । त्यतिबेला उनी राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवारका रुपमा हेटौंडामा थिए । उनलाई जित निकाल्नैपर्ने वाध्यता थियो । काठमाडौंबाट हेटौंडा पुग्दासम्म गृहमन्त्री रहेका बादल उतै रहँदा भूतपूर्व भइसकेका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गैरसांसदको दोस्रोपटक मन्त्रीमा नियुक्तिलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशमार्फत् बदर गरिदिएको थियो । त्यसपछि बादलले पुनः मन्त्री बन्न राष्ट्रिय सभाको निर्वाचन जित्नुपर्ने वाध्यात्मक अवस्था थियो । बादललाई दोस्रो झड्का साँझतिर पर्यो । उनी र
राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै देवकोटा कति मतले  निर्वाचित भए हेर्नुहोस् ।

राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै देवकोटा कति मतले निर्वाचित भए हेर्नुहोस् ।

समाचार
मकवानपुर — राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका छन् । देवकोटाले स्थानीय तहतर्फ कुल दुई सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । थापाले एक सय तीन मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका थिए । देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो । प्रदेशतर्फ एकमत बराबर ४८ मतभार र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ । जसअनुसार देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयत
ओलीको भर परेका बादललाई लग्यो झड्का

ओलीको भर परेका बादललाई लग्यो झड्का

समाचार
६ जेठ । नेकपा एमालेभित्रको शक्तिसंघर्षले राष्ट्रिय सभाको आज भएको उपनिर्वाचनमा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पराजित भए । एमालेका आधिकारिक उम्मेदवार बादललाई सोही दलका प्रदेश सभा सदस्य र स्थानीय निकायका जनप्रतिनिधिको ठूलो संख्याले मतदान गरेनन् । उनीहरुको मत माधव नेपाल समूहका उम्मेदवार खिमलाल देवकोटालाई गयो । सुर्य चिन्ह लिएर चुनाव जितेका जनप्रतिनिधिमध्ये माधव नेपाल समूहकाले खिमलाल देवकोटाको कलम चिन्हमा मतदान गरे । जसका कारण बादलले पराजय भोग्नुपर्यो । बादलको जीत या हार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच प्रतिष्ठाको लडाईं बनेको थियो । जसमा नेपालले बाजी मारे । उनले बादललाई पराजित गरेर ओलीलाई कडा सन्देश दिएका छन् । कुनैपनि चुनावमा अन्य दलसँग गठबन्धन गरेर ओलीनिकटस्थलाई पराजित गर्न सक्ने उनको सन्देश देखिन्छ । नेपालले यसअघि कर्णाली प्रदेशमा आफूपक्षीय ४ सांसदलाई फ्
आज नेपालभर कोरोनाले बनायो यस्तो रेकर्ड,साबधान रहन अतेन्तै जरुरि(पूरा पढ्नुहोस् ।)

आज नेपालभर कोरोनाले बनायो यस्तो रेकर्ड,साबधान रहन अतेन्तै जरुरि(पूरा पढ्नुहोस् ।)

समाचार
काठमाडौं / पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा मुलुकभर २२ हजार ०८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ हजार ३०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । देशभरबाट ६ हजार ५४३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ५५ हजार ७
error: Content is protected !!