Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 26, 2021

जसपाको उपेन्द्र यादव पक्षद्वारा महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गर्ने तयारी

जसपाको उपेन्द्र यादव पक्षद्वारा महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गर्ने तयारी

समाचार
जसपाको उपेन्द्र यादव पक्षद्वारा महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गर्ने तयारी काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर लगायत चार नेतालाई कारबाही गर्ने प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पक्षमा लागेको र प्रतिगमनलाई साथ दिएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही सुरु गरिएको जसपाले जानकारी दिएको छ । कारबाहीको पहिलो चरणमा चारै जना नेतालाई स्पष्टीकरण सोधिएको छ। इमेल, भाइबर, ह्वाट्सएप लगायतका माध्यमबाट र प्रिन्ट गरेर घरमै आज चारैजना नेतालाई स्पष्टीकरण पठाइएको जसपाका कार्यकारिणी समिति सदस्य गंगानारायण श्रेष्ठले बताउनुभयो । तर, ती स्पष्टीकरण प्राप्त नगरेको लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले दाबी गरेका छन् । उपेन्द्र–बाबुराम पक्षको जेठ ८ गते बसेको कार्यक
प्रधानमन्त्री ओलिको कदम ‘हिन्दुराज्य’ नेपाल! राजसंस्थाको पुनर्जन्म र ‘सैन्य कू’! को सङ्केत हेर्नुहोस यस्तो छ योजना ।।

प्रधानमन्त्री ओलिको कदम ‘हिन्दुराज्य’ नेपाल! राजसंस्थाको पुनर्जन्म र ‘सैन्य कू’! को सङ्केत हेर्नुहोस यस्तो छ योजना ।।

समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेलगत्तै नेपालको राजनितिमा नया तरंग पैदा भएको छ । यथास्थितिमा चुनावको लागि केही बाधा देखापर्ने संकेत आएमा प्रधानमन्त्री र राष्ट्रपतिले बिशेष अधिकार प्रयोग गरि ‘सैन्य कु’ गरेरै भएपनी चुनाव गराउने योजना रहेको केही गोप्य सुचना आएको छ। सैन्य कु बाटै भएपनी फेरि पनि ओलि जननिर्वाचित प्रधानमन्त्री बन्ने र सम्भव नदेखिए राजसस्था फर्काउने तयारी ओलिको हुन सक्ने धेरैको अनुमान छ । राजसस्था पक्षधरहरु यतिबेला ओलिको संसद बिगठनको कदमलाई खुलेरै समर्थन गरेको देखिन्छ । प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो । यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
भीम रावलले यस्तो गरेपछी ओलीलाई ठुलो धक्का: के गरेत?त्यस्तो हेर्नुहोस् ।

भीम रावलले यस्तो गरेपछी ओलीलाई ठुलो धक्का: के गरेत?त्यस्तो हेर्नुहोस् ।

समाचार
नेकपा एमालेबाट निष्काशित नेता भीम रावल सुदूरपश्चिमका पार्टी इञ्चार्ज समेत थिए । एमालेको सुदूरपश्चिम हेर्ने जिम्मेवारी बोकेका रावलले विगतमा एमालेलाई इतिहासकै ठूलो सफलता त्यस क्षेत्रमा दिलाएका थिए । एमालेका आन्तरिक संगठनमा पनि रावलको सुदूरपश्चिममा बलियो पकड रहँदै आयो । त्यसको प्रभाव आज देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले त्रिलोचन भट्ट नेतृत्वलाई दिइआएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले निर्णय गरी सुदूरपश्चिम प्रदेशमा पत्र समेत पठायो । तर, आज प्रदेश संसदीय दलको बैठक बसेर केन्द्रको निर्देशनविरुद्ध निर्णय गरेको छ । तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेर सुदूरपश्चिम प्रदेशको एमाले संगठनले अध्यक्ष केपी शर्मा ओलीलाई धक्का दिएको छ । एमालेको सबै प्रदेशमा बहुमतमा रहेका ओली सुदूरपश्चिममा भने धक्का खान पुगे । उनी त्यहाँ अल्पमतमा देखिए । कर्णालीमा यसअघि विद्रोह
जसपामा कार्यकारिणी खरिद विक्री, ठाकुर, महतो पक्षले आफना पक्षमा आउनेलाई ५० लाख दिने तोक्यो

जसपामा कार्यकारिणी खरिद विक्री, ठाकुर, महतो पक्षले आफना पक्षमा आउनेलाई ५० लाख दिने तोक्यो

समाचार
रौतहट, जेष्ठ १२ । जनता समाजवादी पार्टीमा आधिकारिकताको बिवाद बढदै गएको बेला पार्टीको शाक्तिशाली निकाय मानिएको कार्यकारिणी समितिका सदस्यहरुको खरिद बिक्री शुरु भएको छ । कार्यकारिणी समितिको झण्डै दुई तिहाई भन्दा बढी सदस्यहरुको जेठ ८ गते सम्पन्न बैठकले पार्टी निर्णय विपरित ओली नेतृत्वको सरकारलाई सघाएको भन्दै कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर सहितलाई कारबाही गर्ने निर्णय गरे पछि ठाकुर समूहले कार्यकारिणी सदस्य खरिद गर्ने प्रयास शुरु गरेका छन । शुरुमा बरिष्ठ नेता अशोक राईलाई दुई मन्त्रालय सहितको अफर गरेर आफनो पक्षमा पार्ने प्रयास गरेको ठाकुर–महतो समूहलाई नेता राई हप्काए पछि कार्यकारिणी समितिका अन्य सदस्यहरुलाई खरिद गर्ने प्रयास थालेका हुन । उक्त समूहले एमालेका केही नेता र जसपाकै दोस्रो तहका केही नेतालाई कार्यकारिणी सदस्य खरिद गर्ने जिम्मेवारी दिदै प्रति सदस्य पचास लाख मुल्य निर्धारण गरेको महतो निकट
नेपाल पक्षका १५ नेताले भने- ‘तानाशाह ओलीविरुद्ध संघर्ष गरौँ’, को – को छन्त? (विज्ञप्तीसहित)

नेपाल पक्षका १५ नेताले भने- ‘तानाशाह ओलीविरुद्ध संघर्ष गरौँ’, को – को छन्त? (विज्ञप्तीसहित)

समाचार
काठमाडौँ । पार्टीहित विपरीत काम गरेको भन्दै नेकपा एमालेबाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपाल पक्षका १५ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली तानाशाह भएकोले उहाँविरुद्ध संघर्षमा उत्रन अपिल गरेका छन् । बुधबार एक अपिलजारी गर्दै उनीहरुले प्रधानमन्त्री ओलीका निरंकुश र प्रतिगामी कामकारबाही विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् । उनीहरुले ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएका छन् । उनीहरुले भनेका छन्, ‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ, यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रस
हार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको मजदुरलाई यस्तो खुशिको योजना घोषण पूरा हेर्नुहोस् ।

हार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको मजदुरलाई यस्तो खुशिको योजना घोषण पूरा हेर्नुहोस् ।

समाचार
हार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको यस्तो घोषण हेर्नुहोस खुशीको खबरहार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको यस्तो घोषण हेर्नुहोस खुशीको खबरहार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको यस्तो घोषण हेर्नुहोस खुशीको खबरकाठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ । शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभएको हो । ** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला** उहाँका अनुसार निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । श्रमिक क्षेत्रको क
चर्चित कम्पनी निफ्राले एक्कासी यस्तो कदम चाले पछि लगानीकर्तामा खुसीयाली

चर्चित कम्पनी निफ्राले एक्कासी यस्तो कदम चाले पछि लगानीकर्तामा खुसीयाली

समाचार
bablkhabar // निफ्राका सेयरधनीहरुका लागि खुसीको खबर आएको छ । देशबाहिर विद्युत निर्यात गर्ने उद्देश्यले छुट्टै विद्युत व्यापार कम्पनी खोल्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले उर्जा मन्त्रालयमा प्रस्ताव गरेको छ। हाल नेपाल विद्युत प्राधिकरणले कतिपय विद्युत कम्पनीसँग खरिद सम्झौता (पिपिए) गर्न नसकेको भन्दै निफ्रा अघि सरेको हो। पिपिए हुन नसक्दा अहिले केही आयोजनाको काम समेत अड्किएको छ। निफ्राका सिइओ रामकृष्ण खतिवडाले विद्युत ब्यापारका लागि हाल छुट्टै कम्पनी जरुरत रहेको औंल्याए। निफ्रा, विद्युत प्राधिकरण, सरकार, बैंक तथा वित्तीय संस्था र भारत तथा बंगलादेशका कम्पनी समेतको लगानी हुनेगरी नयाँ कम्पनी खोल्न सकिने प्रस्ताव राखिएको उनले स्पष्ट पारे। प्रस्तावित कम्पनीले हाल पिपिए हुन नसकेका कम्पनीसँग पिपिए गर्ने, ती आयोजनाको विद्युत उत्पादन र प्रशारण लाइन निर्माणसमेतलाई सहयोग पुर्याउने र भा
साबधान!! भका भक मर्न थाले टर्की, कुखुरा , देखिन थाल्यो यो रोग,

साबधान!! भका भक मर्न थाले टर्की, कुखुरा , देखिन थाल्यो यो रोग,

समाचार
काठमाडौं फेरि बर्ड फ्लु देखिएको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लु देखिएको हो । बर्ड फ्लु रोग पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बुधबार बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालका अनुसार अस्वाभाविक रूपमा टर्की मर्न थालेको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो । बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ । यसअघि काठमाडौं तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो । प्रारम्भिक रुपमा करीब ८०० टर्की नष्ट र सो क्षेत्रमा निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्र
कोरोना अपडेट : नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी, कति संक्रमित भए?कति निको भए?पुरा हेर्नुहोस् ।

कोरोना अपडेट : नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी, कति संक्रमित भए?कति निको भए?पुरा हेर्नुहोस् ।

समाचार
काठमाडौँ — देशभर ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् । थप १४५ जनाको निधन भएको छ । नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ । काठमाडौं । नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रा
error: Content is protected !!