Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 27, 2021

राष्ट्रपति र प्रधानमन्त्रीले मानहानी गर्नुभयो भन्दै अधिवक्ता लोकेन्द्र ओलीको बहस

राष्ट्रपति र प्रधानमन्त्रीले मानहानी गर्नुभयो भन्दै अधिवक्ता लोकेन्द्र ओलीको बहस

समाचार
अधिवक्ता लोकेन्द्र ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कै अदालतको फैसलाविपरीत गएर अदालतको मानहानी गरेको जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको पक्षमा बहस गर्दै उनले हाम्रो प्रतिनिधिसभा प्रधानमन्त्री बन्ने र पदमुक्त हुने व्यवस्थाको संघीय संसदको प्रतिनिधिसभा भएको भन्दै नियुक्ति र पदमुक्त यहीँबाट हुने जिकिर गरे । ‘यो प्रधानमन्त्री बन्ने र पदमुक्त हुने व्यवस्थाको संघीय संसदको प्रतिनिधिसभा हो । नियुक्ति र पदमुक्त यहीँबाट हुने हो’, उनले भने, ‘ओलीले विश्वासको मत लिन पुग्नुभएन । ११ फागुनको पूर्णपाठ नआउँदै हामी जनताको दुर्भाग्य हेर्नुहोस् त, प्रधानमन्त्री संसदमा प्रवेश गर्नुभएन । राष्ट्रपति र प्रधानमन्त्रीले मानहानी गर्नुभएको छ । यो पनि... प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतमा संविधानको धारा ७६(५) अनुसारको सरका
निर्माणाधीन पुल बाढीले बगायो, सडक अवरुद्ध

निर्माणाधीन पुल बाढीले बगायो, सडक अवरुद्ध

समाचार
हिमाली जिल्ला मनाङमा बाढीले पुल बगाएको छ । बेंसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका– १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो । बिहीबार दिउँसो भीषण वर्षासँगै एक्कासि आएको बाढीले पुल बगाउँदा सडक अवरुद्ध बनेको तिमाङका स्थानीय यज्ञबहादुर घलेले बताए । पुल बगाएपछि मनाङबाट लमजुङ आउँदै गरेको र लमजुङबाट मनाङ जाँदै गरेका अत्यावश्यक सवारीसाधन अलपत्र परेका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बिहीबार दिउँसो ३ बजेतिर पुल बगाएको हो । उनका अनुसार तिमाङखोलाको अस्थायी काठे पुल र स्यार्कुखोलामा रहेको ह्युमपाइपसहितको काठेपुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए । तिमाङखोलाको काठेपुल गत वर्षको बाढीले पनि बगाएको थियो । उक्त पुल गत वर्ष चामे गाउँपालिका, प्रशा
अज्ञात समूहद्वारा धरान प्रहरी चौकीमा आक्रमण

अज्ञात समूहद्वारा धरान प्रहरी चौकीमा आक्रमण

समाचार
जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् । अनुहार नै छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका दर्जन बढी युवाहरुले धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा त्यहाँ ड्युटीमा रहेका पाँचजना प्रहरी घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । परिचय नखुलेका युवाहरुको आक्रमणबाट प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । उनले भने,‘वडा ३ बस्ने एक युवालाई धम्की आएपछि ती युवा उजुरी दिन आएका बेला मोटरसाइकलमा पच्छ्याउँदै आएका हतियारधारी युवाहरुले आक्रमण गर्दा प्रहरी पनि घाइते भएको हो । उनीहरुक
यी तिन देश मा १८ गते देखि नियमित उडान हुने

यी तिन देश मा १८ गते देखि नियमित उडान हुने

समाचार
चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिएको हो ती मन्त्रीले बताए । ‘भारतमा सातामा दुईवटा उडान भइरहेका छन्,’ ती मन्त्रीले भने, ‘चार्टर उडानको झमेलामा फस्नु पर्दैन । मान्छे ठगिदैनन् पनि । नियमित उडानलाई थप व्यवस्थित गरेर खोल्ने नीतिगत निर्णय भएको छ ।’ हाल सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्‍याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो । त्यस्तै कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्कि
सर्वोच्चमा ओली पक्षले पनि हाल्यो यस्तो रिट, गठबन्धन यस कारण चुक्यो

सर्वोच्चमा ओली पक्षले पनि हाल्यो यस्तो रिट, गठबन्धन यस कारण चुक्यो

समाचार
babalkhabar // प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पनि सर्वोच्च अदालतमा रिट परेको छ । उच्च अदालत बार पाटनका सचिव समेत रहेका अधिवक्ता कृष्ण भण्डारीले रिट पेश गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानको धारा ७६ ९५० विपरित रहेको भन्दै रिट पेश गरेका हुन् । बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपछि त्यो नै आधिकारिक हुने भएकाले राष्ट्रपतिले एमालेका १२१ र जसपाका ३२ सांसदको दावी दुवै दलका अध्यक्ष तथा संसदीय दलका नेताबाट पेस भएकाले त्यसलाई मान्नुपर्ने जिकिर रिटमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट निवेदन पेस भएका छन् । तर दर्ता हुन बाँकी छ ।राष्ट्रपतिले यही जेठ सात गते बेलुकी ५
काठमाडौमा भाडा बासिको लागि खुशीको खबर : ५० प्रतिशत घर भाडा मिनाहा ! भाडा नदिएको भन्दै किचकिच गरे कारबाही !  काहा सम्पर्क गर्ने?पुरा पढनुहोस् ।

काठमाडौमा भाडा बासिको लागि खुशीको खबर : ५० प्रतिशत घर भाडा मिनाहा ! भाडा नदिएको भन्दै किचकिच गरे कारबाही ! काहा सम्पर्क गर्ने?पुरा पढनुहोस् ।

समाचार
घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै म हामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकार खानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु सं’कटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्। असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् । साथै उनले अहिलको को’रोना सं’कटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन् ।साथै घरबहाल सरोकार महासंघले को रोना सं’कटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै
संविधानविद्सँग सभामुखले भने आवश्यक परे नेपाली जनताले प्रदान गरेको निहीत अधिकार प्रयोग गर्छु,के छत?त्यस्तो निहित अधिकार?हेर्नुहोस् ।

संविधानविद्सँग सभामुखले भने आवश्यक परे नेपाली जनताले प्रदान गरेको निहीत अधिकार प्रयोग गर्छु,के छत?त्यस्तो निहित अधिकार?हेर्नुहोस् ।

समाचार
काठमाडौँ — सभामुख अग्निप्रसासद सापकोटाले जनताले दिएको निहीत अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताएका छन् । संविधानविद् र कानुन व्यवसायीसँग प्रतिनिधिसभा विघटनबारे परामर्श गरेपछि सभामुख सापकोटाले जनताको हितभन्दा दायाँ- बायाँ गर्ने अधिकार कसैलाई नभएको र आफू पनि सोहीअनुसार चल्ने बताए । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार भएको परामर्श बैठकमा सभामुख सापकोटाले भने, ‘आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रादान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्छ ।’ वर्तमान परिस्थितिको आफूले मसिनोसँग विश्लेषण गरिरहेको सभामुख सापकोटाको भनाइ थियो । ‘असाधारण र धेरै गर्नका लागि दिन-दिनका, घण्टा-घण्टाका कुरालाई विचार, मनन गरेर ठोस स्थितिको ठोस विश्लेषण गर्दै छु । देश र जनताको अधिकतम हित बाहेक दायाँ- बायाँ जाने त कसैलाई पनि अधिकार हुँद
यो माहामारीमा अस्पतालमा रगत अभाव हुन नदिन एमालेद्धारा रक्तदान

यो माहामारीमा अस्पतालमा रगत अभाव हुन नदिन एमालेद्धारा रक्तदान

समाचार
काठमाडौ । महामारीका समयमा संक्रमित र अन्य विरामीलाई रगतको अभाव नहोस भनेर बाँकेमा नेकपा एमालेले रक्तदान कार्यक्रम गर्ने भएको छ । माधव नेपाल समुहको नेकपा एमालेले रक्तदान कार्यक्रम गर्न लागेको हो । बाँकेमा नेपाल समुहका अध्यष अशोक कोइराला छन् । उनकै नेतृत्वको नेकपा एमाले बाँकेले रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार विहान ८ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिए । एमाले बाँकेमा अस्पतालमा रहेका विरामी र उनीहरुका कुरुवाका लागि प्रति छाक ३० रुपियाँमा खाना खुवाईरहेको छ । युबा संघ स्थायी कमिटी सद्स्य तथा बाके जिल्ला अध्यक्ष कुश्माखर बस्यालले रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । यो पनि... भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्ने भएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी का
ओली न्यायालयलाई यसरी कुल्चेर सत्ता कब्जा गर्न खोज्दैछन् : शेखर कोइराला

ओली न्यायालयलाई यसरी कुल्चेर सत्ता कब्जा गर्न खोज्दैछन् : शेखर कोइराला

समाचार
मोरङ — कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता कब्जाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावमा पार्ने षडयन्त्रमा लागेको बताएका छन् । कोइराला निवासमा बिहीबार कान्तिपुरसँगको कुराकानीमा कोइरालाले मिडियालाई पनि दबाउने खेल सुरु भइसकेको बताएका हुन् । ‘सम्पति शुद्धिकरण, राजश्व न्यायधिकरण, गैर सरकारी संघ संस्थाको अनुगमनलगायतका अधिकार आफ्नो मातहत ल्याएका प्रधानमन्त्री ओलीले अहिले विधेयकमार्फत संवैधानिक निकायहरु नियन्त्रण गरिसक्नु भएको छ,’ उनले भने, ‘उहाँले अहिले सर्वोच्च अदालतलाई प्रभावमा पार्ने र मिडियालाई दबाबमा पार्ने षडयन्त्रमा लाग्नु भएको छ ।’ सर्वोच्च अदालतले पत्रकारलाई केराकार गरेको मिडियालाई दबाबमा पार्ने सुरुवात भएको उनको भनाइ थियो । प्रधानमन्त्रीले न्यायालय र मिडिया प्रभावमा पार्न सके सत्ता कब्जा गर्न सफल हुने खतरा बढेको कोइरालाको भनाइ थियो । ‘न्यायालय प्रभावमा परेको अ
आजको कोरोना अपडेट : एकै दिन यति धेरैले कोरिना संक्रमणमुक्त, कति जनाको मृत्यु भयोत?पुरा हेर्नुहोस्।

आजको कोरोना अपडेट : एकै दिन यति धेरैले कोरिना संक्रमणमुक्त, कति जनाको मृत्यु भयोत?पुरा हेर्नुहोस्।

समाचार
१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र २६५ जना छन् । यस्तै काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । योसँगै काठमाडौंमा स‌क्रिय संक्रमितको कुल संख्या १ लाख ८३ हजार ८७१ पुगेको छ । यस्तै भक्तपुरमा ४ हजार ७८९ संक्रिय स‌ंक्रमित रहेका छन् । यससँगै भक्तपुरमा कुल स‌क्रिय संक्रमितको स‌ंख्या १९ हजार ३५७ पुगेको छ । यस्तै ललितपुरमा ६ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै ललितपुर जिल्लामा क
error: Content is protected !!