Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 30, 2021

साउन १ गतेदेखि यस्ता मोबाइल नेपालमा नचल्ने

साउन १ गतेदेखि यस्ता मोबाइल नेपालमा नचल्ने

समाचार
आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको हो । उहाँका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आँनेछ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।प्राधिकरणले २०७४ साल वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली (एमडीएमएस) जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आवेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा छनोट भएको कम्पनीले छ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने
देश र जनतामा दीर्घकालीन असर पर्ने काम नगर्न विपक्षी गठबन्धनको चेतावनी

देश र जनतामा दीर्घकालीन असर पर्ने काम नगर्न विपक्षी गठबन्धनको चेतावनी

समाचार
विपक्षी पाँच गठनबन्धनले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पाँच गठबन्धनको बैठकले संविधान विपरितका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई अपिल समेत गरेको छ। 'प्रतिनिधिसभाको पुनस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकारवाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं।सरकारका संविधान विपरितका  र अलोकतान्त्रिक कामकारवाहीमा  सहयोग नुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं,'वक्तत्वयमा उल्लेख। सरकारले अध्यादेशमार्फ जारी गरेको बजेटप्रति पनि विपक्षी गठबन्धनले विरोध जनाएको छ । संसदमा पेश हुनुपर्ने किसिमको बजेट अध
सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई किन भए असन्तुष्ट !

सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई किन भए असन्तुष्ट !

समाचार
सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई असन्तुष्ट ! १६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए । नेता भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छ
समाचार
सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई असन्तुष्ट ! १६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए । नेता भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल
ओलिको एक्सन शुरु, सापकोटा विरुद्ध सर्वोच्चमा विचाराधिन रहेको मुद्दालाई दवाव

ओलिको एक्सन शुरु, सापकोटा विरुद्ध सर्वोच्चमा विचाराधिन रहेको मुद्दालाई दवाव

समाचार
प्रधानमन्त्री के पि शर्मा ओलि र सभामुख अग्नि प्रसाद सापकोटा दुई धुर्व देखिएपछि यतिबेला सरकारको तालमेल खासै नमिलेको राजनीतिक विशेषज्ञ हरुको भनाई छ । सरकारलाई गतिशील रुपमा चलाउन प्रधानमन्त्री र सभामुखको उत्तिकै भुमिका रहन्छ । तर ओलिले संसद बिगठन गरेपछी सभामुखले असम्वैधानिक भएको प्रतिक्रिया दिएका छन । तसर्थ अब ओलिले सभामुखलाई लक्षित गर्दै केही नयाँ कदमहरु चाल्न सक्ने देखिएको छ । यदि ओलिको एक्सन शुरु भयो भने सापकोटा विरुद्ध सर्वोच्चमा विचाराधिन रहेको मुद्दालाई दवाव पर्ने संकेत छ यतिबेला देशका प्रधानमन्त्री केपी शर्मा ओली एकातिर छन् भने पाँच पूर्वप्रधानमन्त्रीसहित मुख्य दलका शीर्ष नेताहरु उनीविरुद्ध हात धोएरै लागि परेका छन् । काम गर्न नपाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा फेरि विघटन गरेको भनेका छन् । सरकारका काममा संसदबाट पूर्ण असहयोग भएको र काम गर्न नपाउँदा जनताले दुःख पाएको, जनआकांक्षा प
यस कारण बजेट नै खारेज हुने सम्भावना(पूरा हेर्नुहोस्)

यस कारण बजेट नै खारेज हुने सम्भावना(पूरा हेर्नुहोस्)

समाचार
१६ जेष्ठ २०७८, आईतवार काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरेपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।कामचलाउ सरकारले पूर्ण बजेट ल्याएको भन्दै बजेट सार्वजनिक गरेलगत्तै यसको चौतर्फी आलोचना भैरहेको छ । संसद विरुद्धको मुद्दा सर्वोच्च अदालतमा भएकाले संसद पुनर्स्थापना भएको खण्डमा बजेट पनि खारेज हुने चर्चा हुन थालेको छ ।यस्तैमा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन नहुने बताउँदैयो बजेट खारेज हुने बताएका छन् । उनले संसद पुनर्स्थापना भएपछि यो बजेट खारेज हुने तर्क गरेका छन् । कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए। संस
सरकारले मुलुकमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने विश्वका प्रमुख १० कम्पनीलाई नेपालमा ल्याउने घोषणा

सरकारले मुलुकमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने विश्वका प्रमुख १० कम्पनीलाई नेपालमा ल्याउने घोषणा

समाचार
काठमाडौं । सरकारले मुलुकमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने विश्वका प्रमुख १० कम्पनीलाई आकर्षित गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपालमा विद्युतीय सवारी उत्पादन गर्ने चाहनेलाई उद्योग स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बताएका छन् । सरकारले अनुकूल व्यावसायिक वातावरण तयार पारेर स्वदेशी तथा विदेशी लगानी परिचालन गर्ने भएको छ । मुलुकभित्र औद्योगीकरणलाई तीव्रता दिने बताउँदै अर्थमन्त्री पौडेलले स्वदेशी उत्पादनलाई प्रवर्धनका लागि ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने बताएका छन् । घरेलु तथा साना उद्योगलाई सरकारले संरक्षण गर्ने भएको छ । त्यस्ता उद्योगलाई कच्चा पदार्थको सुनिश्चितता गर्दै उत्पादित वस्तुलाई स्वदेशी तथा विदेशी बजारमा बिक्रीका लागि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । हिमाली भेगमा भेडा च्यांग्रापालनलाई
error: Content is protected !!